१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

बिहुँको प्रशासनिक भवन अधुरै


जनमञ्च संवाददाता
  • ९ चैत्र २०७९ , बिहिबार

  • बिहुँको प्रशासनिक भवन अधुरै

    बागलुङ, ९ चैत्र– को काठेखोला गाउँपालिका–५ बिहुँको बिहुँपोखरामा प्रशासनिक भवन अधुरै छ । दोस्रो तलाको ढलानपछि बाँकी कामले दुई वर्षदेखि पूर्णता पाउन नसकेको हो ।
    दोस्रो तलामा कार्यालय प्रयोजनाका लागि कोठा तयार गर्नेगरी ३ वर्षअघि वडा कार्यालयको बजेटबाट भवन निर्माण सुरु गरिएको थियो । बजेट अभावका कारण काम रोकिएपछि भवन जीर्ण बनेको निवर्तमान वडाध्यक्ष शिवप्रसाद कँडेलले बताऐ ।
    वडाको बजेट, गाउँपालिकाको तोकादेशमा प्राप्त बजेट र गण्डकी प्रदेशको स्थानीय पूर्वाधार क्षेत्र विकास कार्यक्रमको सहयोग गरी ८० लाख भवन निर्माणमा खर्च भएको छ । ५५ लाख वडा कार्यालय र स्थानीय पूर्वाधार क्षेत्र विकास कार्यक्रमको २५ लाख अनुदानमा भवन तयार भएको वडासचिव शिवबहादुर थापाले जानकारी दिए ।
    भुइँ र पहिलो तलाको काम सकिएको भएपनि दोस्रो तला माथिको कामका लागि समयमा बजेट नपाउँदा भवन छानोविहीन बनेको छ । ‘चालु आर्थिक वर्षको हिउँदे अधिवेशनबाट १० लाख गाउँपालिकाले विनियोजन गरेको छ’ थापाले भने, ‘ढलान गर्न बजेट पर्याप्त नभएपनि ट्रस हालेर भवन व्यवस्थित बनाउने योजना छ ।’
    भवन निर्माणपूर्व वडा कार्यालय भाडाको घरबाट सञ्चालित थियो । गत वैशाखदेखि अधुरै भवनबाट वडा कार्यालयका सेवा प्रवाह हुँदै आएका छन् । प्रशासनिक भवनका सबै संरचना तयार हुँदा कर्मचारीलाई आवासीय सुविधा दिन सकिने वडा कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend