१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

ओखरेनी र छापागाउँमा केन्द्रीय लाइनको विद्युत


जनमञ्च संवाददाता
  • ९ चैत्र २०७९ , बिहिबार

  • ओखरेनी र छापागाउँमा केन्द्रीय लाइनको विद्युत

    बागलुङ, ९ चैत्र– जिल्लाको बरेङ गाउँपालिका वडा नं. १ ओखरेनी र छापगाउँमा पहिलोपटक केन्द्रीय प्रशारण लाइनको विद्युत पुगेपछि स्थानीयमा खुसीयाली छाएको छ ।
    विद्युत् प्राधिकरण बागलुङ शाखाले केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गरेपछि गाउँमा उद्योगधन्दा सञ्चालन गरेर जीविकोपार्जन गर्न सहज हुने अवस्था आएको पालुङखोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष सकसबहादुर क्षेत्रीले बताए ।
    प्राधिकरणले बरेङ गाउँपालिकाको छापा र ओखरेनी गाउँका एक सय ५० घरसँगै जैमिनी नगरपालिका वडा नं. ४, ८, ९ र १० का एक सय ५० गरी तीन सय घरमा केही हप्ताअघि मात्रै केन्द्रीय प्रशारण लाइन विस्तार गरेको छ ।
    विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बागलुङभर केन्द्रीय प्रशारण लाइन विस्तारलाई तीव्रता दिएको बताए । स्थानीयको समस्या र आवश्यकतालाई हेरेर प्राधिकरणले विद्युत् विस्तार गरिरहेको उनको भनाई छ ।
    जिल्लाका विभिन्न स्थानमा विद्युत् विस्तारका लागि यसवर्ष प्राधिकरणबाट एक करोड र नेपाल सरकारबाट ९३ लाख विनियोजन भएको थियो । केही महिनाअघि पश्चिम बागलुङका सबै पालिकामा विद्युतीकरणका लागि १४ करोड ५६ लाख बजेट स्वीकृत भएर ठेक्का प्रक्रियामा गएको मरासेनीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend