१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

इस्लाम धर्मावलम्बीको रमजान पर्व सुरु


जनमञ्च संवाददाता
  • १० चैत्र २०७९ , शुक्रबार

  • इस्लाम धर्मावलम्बीको रमजान पर्व सुरु

    बागलुङ, १० चैत्र– इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरू भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका व्यक्तिहरू दिनमा निराहार बस्छन् ।
    रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४ बजेर १० मिनेटदेखि बेलुका ६ बजेर २० मिनेटसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।
    रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।
    रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।
    दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानले आकाशतिर चन्द्रमा हेर्ने प्रचलन छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend