बागलुङ, १२ चैत्र– रातमाटा बिकास समिति बागलुङ नगरपालिका–३ को पाँचौ साधारणसभा तथा तेश्रो अधिवेशनले हिमाल शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा डा. प्रकाश सापकोटा, सचिवमा माधव शर्मा, कोषाध्यक्षमा सरस्वतीदेबी रेग्मी, सह–सचिवमा शिव प्रसाद शर्मा, सदस्यहरुमा मुक्ति शर्मा, तिल कुमारी थापा, बाबुराम शर्मा, तुलसीराम पौडेल बिरेन्द्रराज शर्मा रहेका छन् ।
अधिवेशनले कविन्द्र प्रसाद शर्मा सापकोटा, मुरारीदत्त शर्मा, तुलसीराम सापकोटा, कृष्णचन्द्र पौडेल र बालकृष्ण शर्मा रहेको ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको नवनिर्वाचित अध्यक्ष हिमालप्रसाद शर्माले जानकारी दिए ।