१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

आजदेखि एईई, बागलुङबाट ४ हजार ८३६ विद्यार्थी सहभागी हुँदै


जनमञ्च संवाददाता
  • १७ चैत्र २०७९ , शुक्रबार

  • आजदेखि एईई, बागलुङबाट ४ हजार ८३६ विद्यार्थी सहभागी हुँदै

    बागलुङ, १७ चैत्र– जनता–धन माध्यमिक विद्यालय बागलुङमा अध्ययनरत न्युन दृष्टि भएका विद्यार्थीहरुले यस बर्ष आफ्नै विद्यालय परीक्षा केन्द्रबाट एसईई परीक्षा दिन पाउने भएका छन् । न्यून दृष्टि भएका विद्यार्थीहरुको आवतजावतमा हुने समस्यालाई मध्यनजर गरेर पढिरहेकै विद्यालयबाट परीक्षा दिन पाउने व्यवस्था मिलाईएको हो ।
    यसअघिका एसईई परीक्षामा यो विद्यालयबाट सहभागी हुने अन्य विद्यार्थीकै परीक्षा केन्द्रबाट न्युन दृष्टि भएका विद्यार्थीहरुलाई पनि परीक्षा दिलाउँदै आएको थियो । जनता–धनका तीन जना विद्यार्थीले सोही विद्यालयमा स्थापना गरिएको उपकेन्द्रबाट परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कुश्मराज उपाध्यायले बताए ।
    आफ्नै विद्यालयमा परीक्षा केन्द्र हुँदा न्युन दृष्टि भएका विद्यार्थीका लागि आवतजावतमा समस्या नहुने उनको विश्वास छ । जनता–धनका अन्य विद्यार्थीले भने त्रिभुवन मावि पैञ्युपाटा परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन् ।
    ‘यसअघि प्राबिधिक बिषयको एउटै विद्यालय सदरमुकाममा मात्रै केन्द्र हुन्थ्यो अहिले सम्बन्धित ठाउँकै बिद्यालयमा केन्द्र तोकिएको छ’ उापध्यायले भने ‘दृष्टिबिहिन विद्यार्थीको समस्यालाई मध्यनजर गरेर आफ्नै विद्यालयमा उपकेन्द्र तोकेर परीक्षा लिईंदै छ ।’
    प्राबिधिक धारतर्फ बाली बिज्ञान बिषयका ३, सिभिल इञ्जिनियरिङ २, कम्प्युटर साइन्स २ गरी दश विद्यालयका विद्यार्थीले ९ वटा परीक्षा केन्द्रबाट परीक्षा दिने छन् । बागलुङमा यो बर्ष ४ हजार ८ सय ३६ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । तीमध्ये ३२ जना खुल्ला विद्यालय र तीन जना बटुक एसइई परीक्षामा सहभागी हुने उपाध्यायले बताए ।
    ३१ वटा परीक्षा केन्द्रबाट २ हजार ५ सय ९८ छात्रा र २ हजार २ सय ३८ छात्र परीक्षामा सहभागी हुन लागेका हुन् । ६५ जना ग्रेड बृद्धिका लागि परीक्षामा सामेल हुँदैछन् ।
    परीक्षा सञ्चालनका लागि ३१ केन्द्रादक्ष, ४२ सहायक केन्द्रादक्ष, २६१ निरीक्षक, ३१ परीक्षा सहायक र १०४ जना कार्यालय सहयोगी खटाईएको छ । परीक्षाको सम्पूर्ण तयारी पुरा भएको उपाध्यायले बताए । परीक्षा केन्द्रमा सौचालय, खानेपानीदेखि सुरक्षा व्यवस्था चुस्त रहेकाले ढुक्क भएर परीक्षामा सहभागि हुन उपाध्यायले अनुरोध गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend