१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

धौलागिरि बहुमुखी क्याम्पसमा चैत १८ मै स्ववियू चुनाव


जनमञ्च संवाददाता
  • १७ चैत्र २०७९ , शुक्रबार

  • धौलागिरि बहुमुखी क्याम्पसमा चैत १८ मै स्ववियू चुनाव

    बागलुङ, १६ चैत्र– धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन चैत्र १८ गते हुने भएको छ । क्याम्पस प्रशासन र विद्यार्थी संगठन बीचको बिबाद अदालतमा छलफल पछि टुंगो लागेपछि निर्वाचन हुन लागेको हो ।
    क्याम्पस प्रशासनले चैत्र ५ गते निर्वाचन हुन नसकेपछि चैत १८ गतेका लागि निर्वाचनको मिति तोकेको थियो । निर्वाचन मितिको बिषयलाई लिएर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठले निर्वाचन रोक्न उच्च अदालत पोखरा बागलुङ इजलाशमा रिट निवेदन दिएका थिए ।
    बिद्यार्थी संगठनको असहमतीबीच स्ववियु निर्वाचनको मिति तोकिएको बिषयमा परेको रिट निवेदनमा उच्चले चैत १४ गते दुवै पक्षलाई राखेर छलफल गरेको थियो ।
    उच्च अदालतका न्यायाधिश निलम पौडेलको एकल इजलाशले रिट निवेदन उपर छलफलमा आउन आदेश दिएको थियोे । छलफलपछि निर्वाचन रोक्नुपर्ने कुनै कारण नरहेको भन्दै अदालतले निर्वाचन प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।
    अदालतको आदेशपछि निर्वाचन प्रक्रिया अघि बढेको क्याम्पस प्रशासनले जनाएको छ । निर्वाचन समितिका संयोजक भक्तिराम न्यौपानेले राजीनामा दिएपछि निर्वाचन अन्यौल भएको थियो । स्ववियु निर्वाचनका लागि कार्यालय खुलेपछि अखिल क्रान्तिकारीले मतदाताको नयाँ परिचयपत्र वितरण गर्नुपर्ने मागसहित तालाबन्दी गरेको थियो ।
    २ हजार ४ सय विद्यार्थी भएपनि क्याम्पसमा १ हजार ७ सय विद्यार्थी मतदाता कामय भएका छन् । १० विद्यार्थी समूहले संगठन दर्ता गरेर निर्वाचनमा होमिएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend