१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

कालिका कप भलिबलको उपाधि नेपाल प्रहरीलाई


जनमञ्च संवाददाता
  • १७ चैत्र २०७९ , शुक्रबार

  • कालिका कप भलिबलको उपाधि नेपाल प्रहरीलाई

    तस्बिर : विजय राना
    बागलुङ, १७ चैत्र– चैत्राष्टमी मेलाको अवसरमा आयोजित कालीका कप खुला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । उपाधिसँगै पुलिसले ३ लाख नगद पुरस्कार जितेको छ ।
    शुक्रबार बिहान भएको खेलको पहिलो सेट हारेको पुलिस अन्ततः जितमा पुग्यो । पहिलो सेटमा पुलिसलाई गलकोट घुम्टे क्लबले हराएको थियो । दोश्रोमा पुलिस, तेस्रोमा घुम्टेले जितेपनि त्यसपछिका दुई खेल लगातार पुलिसले जितेर उपाधि हात पारेको हो ।
    दोश्रो भएको घुम्टेले १ लाख ५० हजार नगद पुरस्कारमा चित्त बुझायो । तेस्रो पुरस्कार हिलसाइट निर्माण सेवा निलोले हात पारेको छ । हिलसाइटको दुइ टिमले तेस्रोको लागि प्रतिष्पर्धा गर्नु नपरेकोले तेस्रो र सान्त्वना बाँडेका थिए ।
    चैतेदशै मेलाको अबसरमा आयोजित खुला भलिबल प्रतियोगितामा १४ टिमले भाग लिएका थिए । खेलमा पहिलो हुनेले ३ लाख नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् । दोश्रो हुनेले १ लाख ५० हजार, तृतिय हुनेले ७० हजार र सान्त्वना हुनेले २० हजार नगद पुरस्कार पाउने खेल संयोजक अर्जुन खड्काले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend