१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

न्याय सम्पादन सहज बनाउन तालिम


जनमञ्च संवाददाता
  • १८ चैत्र २०७९ , शनिबार

  • न्याय सम्पादन सहज बनाउन तालिम

    बागलुङ, १८ चैत्र– वडास्तरमै मेलमिलापकर्ताको उत्पादन गरी न्याय सम्पादनलाई सहज बनाउने उदेश्यले जनअधिकार संरक्षण मञ्च (पिपिआर) नेपालको संयोजन तथा बागलुङ नगरपालिकाको आयोजनामा शुक्रबारदेखी मेलमिलाप सम्बन्धी तालिमको शुरु भएको छ ।
    तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले स्थानीय तहका समस्या समाधान गर्न मेलमिलाप केन्द्रले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
    न्याय नपाएर पीडित भएका नागरिकलाई सहज रुपमा न्याय दिलाउन मेलमिलापकर्ताको भुमिका महत्वपुर्ण हुनेमा खड्काको जोड थियो ।
    कार्यक्रममा नवआगन्तुक सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंत बराल, जिल्ला अदालतका श्रेस्तेदार सुर्य भण्डारी र प्रहरी निरीक्षक राजाराम खड्काले बोलेका थिए ।
    बागलुङ नगरपालिकाअन्र्तगतका ८ वटा वडामा मेलमिलाप केन्द्र स्थापना भईसकेको र अब ६ वटा केन्द्रमा स्थापना गर्ने तयारी रहेको बागलुङ नगरपालिकाका बरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुबेदीले जानकारी दिए । ८ दिनसम्म चल्ने तालिममा २५ जनाले सहभागिता जनाएका छन् ।
    उद्घाटन कार्यक्रम नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक राजु खड्काको अध्यक्षता, वडा नं. ११ का अध्यक्ष एवम् समितिका सदस्य ज्ञानेन्द्र गौतमको स्वागत र बरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदीको सचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend