१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

मालढुंगा–बेनी सडक स्तरोन्नति ठप्प


जनमञ्च संवाददाता
  • २० चैत्र २०७९ , सोमबार

  • मालढुंगा–बेनी सडक स्तरोन्नति ठप्प

    पर्वत, २० चैत्र– राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरमा पर्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम रोकिएको छ । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन् गर्न नपाएको भन्दै निर्माण कम्पनीले मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम रोकेको हो ।
    पर्वतको कुश्मा नगरपालिकाको मालढुंगाबाट जलजला गाउँपालिकाहुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने सडक स्तरोन्नति निर्माण सामग्रीको अभावमा बिहीबारदेखि रोकिएको छ । निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीले बेनी–जोमसोम–कोरल्ला सडक आयोजनालाई पत्र लेख्दै निर्माण सामग्रीको अभावमा काम रोकेको जानकारी दिएको हो ।
    कम्पनीले कामदारलाई घर पठाएको छ भने प्रयोग भएका उपकरण थन्काएको छ । निर्माण सामग्री नहुँदा काम रोक्नुपरेको निर्माण कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताए । सडकको धेरै ठाउँमा सबबेस र बेस बिछ्याउने अवस्थामा पुगेको तर, क्रसर उद्योगका लागि चाहिने कच्चापदार्थ नदीबाट निकाल्न नदिइएका कारण काम रोक्नुपरेको दाहालले दाबी गरे ।
    सडक निर्माण सम्झौताको अवधिमा र वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा निर्माण सामग्री कालीगण्डकी नदीबाट उत्खनन् गर्ने उल्लेख छ । नदीजन्य पदार्थ नपाएपछि प्रशोधन गर्न स्थापना गरेको अस्थायी क्रसर सञ्चालन भएको छैन । ग्राभेल गर्न आवश्यक पर्ने नदीजन्य पदार्थ नभएपछि निर्माण उपकरण थन्क्याएर राख्नुपरेको उनको गुनासो छ ।
    कम्पनीले गएको माघ १७ मा सबै सरकारी निकायलाई विपक्षी बनाएर निर्माण सामग्री व्यवस्थापनका विषयमा सर्वोच्च अदालतमा रिट दायर गरे पनि सर्वोच्चले पुरानो मुद्दा कायम रहेकाले नयाँ आदेश नदिएपछि निर्माण कम्पनी काम छाडेर हिँड्न बाध्य भएको व्यवसायी दाहालको दाबी छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend