१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

‘एकल महिलाको हकअधिकार सुरक्षित गर्न एकजुट बनौं’


जनमञ्च संवाददाता
  • २३ चैत्र २०७९ , बिहिबार

  • ‘एकल महिलाको हकअधिकार सुरक्षित गर्न एकजुट बनौं’

    बागलुङ, २३ चैत्र– मानव अधिकारका लागि महिला एकल महिला समुह बागलुङको छैठौ साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभाका सहभागीले द्धन्द्ध प्रभावित तथा एकल महिलाको हकअधिकार सुरक्षित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
    महिलालगायत बिभिन्न पिछडिएको वर्ग र क्षेत्रका अधिकार सुनिश्चित गर्नका लागि राज्यले कानुन निर्माण गरेको भन्दै सहभागीले महिला सम्बन्धी संबिधानमा उल्लेख भएका नीति नियमको व्यवहारमा कार्यान्वयन हुनुपर्ने बताएका थिए ।
    सो अवसरमा समुहका सल्लाहकार तथा अधिवक्ता राम शर्मा, लक्ष्मी बास्कोटा, एकल महिला समुहका अध्यक्ष टिका भण्डारी, सदस्य पार्वती खड्का अधिकारीले बोलेका थिए ।
    मानवअधिकारका लागि एकल महिला समुहका अध्यक्ष खडक कुमारी खड्काको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष सन्तु खड्का र संचालन सचिव सितादेबी सुबेदीले गरेकी थिइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend