१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

उच्च शिक्षाका लागि दैनिक तीन घण्टा पैदल हिड्नुपर्ने बाध्यता !


जनमञ्च संवाददाता
  • २४ चैत्र २०७९ , शुक्रबार

  • उच्च शिक्षाका लागि दैनिक तीन घण्टा पैदल हिड्नुपर्ने बाध्यता !

    पर्वत, २४ चैत्र– सरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउन मापदण्ड तोकेको छ । तर, पर्वतको एक विकट गाउँका विद्यार्थी विद्यालयमा पढ्न दैनिक तीन घण्टाभन्दा बढी पैदल हिँड्न बाध्य छन् ।
    पर्वतको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२ अध्ययन गर्न तीन घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ । पाखापानीमा उच्च शिक्षा सञ्चालन भएको विद्यालय एउटा मात्र भएकाले अध्ययन गर्न टाढा जानुपरेको हो ।
    लामतुनमा रहेको जनविकास मावि पुग्न पाखापानीका सिम्ले, भण्डारी थर, कोखे, चौडिल्ला बस्तीबाट बिहान दुई घण्टा उकालो हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ ।
    एसइई सम्मको अध्ययन स्थानीय स्वधर्म र विश्वज्योति माविमा पढेपनि प्लस टु अध्ययनका लागि लामो बाटो हिँड्नु परेको कक्षा १२ मा अध्ययनरत राहुल भण्डारीको भनाई छ ।
    अर्की विद्यार्थी शिवकला क्षेत्रीले बस्तीभन्दा विद्यालय टाढा हुँदा दैनिक सास्ती खेप्नुपरेको गुनासो गरिन् । विद्यालय भएको बस्ती लामतुनमा भन्दा पैदल हिँडेर जाने विद्यार्थीको संख्या उल्लेख्य रहेको वडाध्यक्ष पुरन मल्लल बताए ।
    दैनिक तीन घण्टा भन्दा बढी पैदल हिँडेर जानुपर्ने बाध्यतामा ५० जनाभन्दा बढी विद्यार्थी रहेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक चक्रबहादुर क्षेत्रीले टाढाबाट आउने विद्यार्थी विद्यालय आएपछि मात्रै पठनपाठन शुरु गरिने जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend