१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

मुर्तिकला कार्यशालाको आयव्यय सार्वजनिक


जनमञ्च संवाददाता
  • २९ चैत्र २०७९ , बुधबार

  • मुर्तिकला कार्यशालाको आयव्यय सार्वजनिक

    तस्बिर : सरिता खत्री/गलकोट
    बागलुङ, २९ चैत्र– गलकोट कला प्रतिष्ठानले अन्तराष्ट्रिय मूर्तिकला कार्यशालाको आयव्यय सार्वजनिक गरेको छ । गलकोटलाई पर्यटकीय हबको रुपमा विकास गर्न मूर्तिकलाको संरक्षण र संम्वद्र्धन गर्न प्रतिष्ठानले आवश्यक गृहकार्य गरिरहेको छ ।
    प्रतिष्ठानले २०७६ फागुन ५ गतेदेखी २१ गतेसम्म गलकोट नगरपालिका–५ टेउवामा आयोजना गरेको मूर्तिकला कार्यशालाको आयव्यय सार्वजनिक गरेको हो । कार्यशाालका क्रममा १ करोड ३० लाख ३१ हजार ६ सय ३१ रुपैयाँ आम्दानी र १ करोड ३० लाख ३९ हजार ६ सय ५६ रुपैयाँ खर्च भएको संस्थाका कोषाध्यक्ष यमबहादुर श्रीसले जानकारी दिए ।
    कार्यक्रममा मूर्तिकला कार्यशालालाई जग्गा प्रदान गर्नुहुने जग्गादाता र आर्थिक सहयोगदाता गलकोट नगरपालिका–५ निवासी तिलबहादुर खत्री, धनकुमारी खत्री, दलबहादुर पुन र भिमकुमारी शेरचनलाई सम्मान गरिएको थियो ।
    सो अवसरमा मूर्तिकलाको महत्व, यसको विकास, स्तरोन्नतीसँगै मूर्तिकलामार्फत गलकोटमा पर्यटन प्रवद्र्धन गर्ने विषयमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो ।
    २०७३ सालमा स्थापना भएको गलकोट कला प्रतिष्ठानले टेउवामा मूर्तिकला कार्यशालाको सम्भाव्यता अध्ययन गरी जग्गा व्यवस्थापन, आर्थिक व्यवस्थापन गरेर २०७६ साल फागुनमा अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend