१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

फोहरबाट मोहर कमाउँदै कुश्मा नगरपालिका


जनमञ्च संवाददाता
  • ३ बैशाख २०८० , आइतबार

  • फोहरबाट मोहर कमाउँदै कुश्मा नगरपालिका

    पर्वत, ३ चैत्र–पर्वतको कुश्मा नगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनबाट दैनिक १० हजार आम्दानी गर्न थालेको छ ।
    बजार क्षेत्रको फोहर व्यवस्थापनमा समस्या झेल्दै आएको कुश्माले फोहर वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको तीन वर्ष पुगेको छ । नगरभित्रको फोहरलाई कुहिने र नकुहिने गरी व्यवस्थापन सुरु गरेको नगरले दुई वर्षदेखि फोहरबाट आम्दानी गर्न थालेको हो ।
    कुश्मा नगरपालिका वडा नं. ४ छमर्केस्थित सडक किनारमा फोहर व्यवस्थापन गर्दै आएको नगरपालिकाले लक्ष्मीनारायण गुठी र चार व्यक्तिसँग १० वर्षका लागि ३२ रोपनी जग्गा भाडामा लिएर फोहर व्यवस्थापन सुरु गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताए ।
    उहाँका अनुसार, सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र (सेक्रेट नेपाल) सँगको साझेदारीमा पाँचवर्षे सम्झौता गरी फोहरको व्यवस्थापन भइरहेको छ ।
    नगरपालिकाले कुहिने फोहरलाई खाडलमा थुपारेर कम्पोस्ट मलका रूपमा बिक्री गरेर आम्दानी लिन थालेको छ । कुहिनेभन्दा नकुहिने फोहरबाट राम्रो आम्दानी हुने थालेको सेक्रेट नेपालका कार्यक्रम संयोजक टीकाराम भुसालले जानकारी दिए ।
    हाल सेक्रेट नेपालले फोहर वर्गीकरणमा मात्रै १२ कामदार खटाएको छ । व्यवस्थित वर्गीकरण सुरु भएपछि दैनिक १० हजारसम्म आम्दानी भइरहेको छ । आवश्यक मात्रामा जग्गा नहुँदा व्यवस्थापनमा केही समस्या भएको भुसालले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend