१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

डेढ करोड चन्दाबाट महादेव माविको भवन पुनःनिर्माण


जनमञ्च संवाददाता
  • ५ बैशाख २०८० , मंगलबार

  • डेढ करोड चन्दाबाट महादेव माविको भवन पुनःनिर्माण

    म्याग्दी, ५ चैत्र– रघुगंगा गाउँपालिका वडा नं. १ बेगस्थित महादेव माध्यमिक विद्यालयको भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुननिर्माण गरिएको छ । जीर्ण भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण विद्यालय भवन जीर्ण बनेको थियो ।
    विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर २०७५ सालदेखि सुरु भएको विद्यालय भवन पुननिर्माण अभियानअन्तर्गत प्रवासमा रहेका बेगखोलावासीको नेतृत्वमा एक करोड ५० लाख रुपैयाँ सहयोग जुटाएर भवन नयाँ बनाइएको हो ।
    बेगखोला कल्याणकारी समाजले विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेको थियो । अभियानबाट १ करोड ५० लाख सहयोग संकलन गरी सातकोठे भवन पुननिर्माण गरिएको भवन पुनःनिर्माण समितिका संयोजक योगकुमार फगामीले जानकारी दिए ।
    ‘पुननिर्माण अभियानमा बेगखोला बाहिरका सहयोगदाताले समेत आर्थिक सहयोग गर्नुभएको छ’ संयोजक फगामनीले भने, ‘देश तथा विदेशमा रहेका बेगखोलावासीको एकता र सहकार्यले जीर्ण भवनबाट सुविधासम्पन्न भवन सम्भव भएको हो ।’
    विद्यालयमा इन्द्रबहादुर, पदमबहादुर र यमकुमार पुर्जाका तीन दाजुभाइका परिवारले करिब १४ लाख लगानीमा कम्प्युटर कक्षाको लागि छुट्टै थप कोठा निर्माण गरिदिएका छन् । सहयोगदाताकै कारण जीर्ण भवनको ठाउँमा सुविधासम्पन्न भवन निर्माण हुन सम्भव भएको पुननिर्माण अभियानका सचिव नगेन्द्र पुर्जाले बताए ।
    विद्यालयमा सातकोठे कक्षाकोठा भवनबाहेक पुननिर्माण प्राधिकरणको शिक्षा एकाइमार्फत ३४ लाख लगानीमा तीनकोठे र ६० लाख लगानीमा चारकोठे थप भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक दुतबहादुर गर्बुजाले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend