बागलुङको काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरा डहरेकी ज्येष्ठ नागरिक रेवती किसान । –तस्बिर : रामकृष्ण बोहरा/जनमञ्च
बागलुङ, ७ बैशाख– वैशाख कृष्ण औँसी । नेपाली समाजमा यो तिथि आमाको मुख हेर्ने दिनको रूपमा परिचित छ ।
दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ ।
छोराछोरीले आज बिहानै उठी स्नान गरी आमालाई मनपर्ने खाद्यपदार्थ खुवाउने, लुगाफाटोजस्ता उपहार दिने र उनीसँग आशीर्वाद थाप्ने चलन छ । आमा नभएका भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान गरेर उनको सम्झना गर्छन् ।