१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

पर्यटकीय क्षेत्र ‘कौडे लेक’मा पुग्न पदमार्ग


जनमञ्च संवाददाता
  • ११ बैशाख २०८० , सोमबार

  • पर्यटकीय क्षेत्र ‘कौडे लेक’मा पुग्न पदमार्ग

    बागलुङ, ११ बैशाख– पर्यटकीय प्रचुर संभावना बोकेको ‘कौडे लेक’ जोड्न दक्षिण बागलुङको बरेङ गाउँपालिकाले पदमार्गसंगै भौतिक संरचना निर्माण गरेको छ ।
    बरेङ बजारबाट सिग्दी गाउँहुँदै घनाजंगल र भीरपहरा छिचोल्दै कौडे लेक पुग्न सकिन्छ । पछिल्लो समय बरेङ गाउँपालिका–२ मा पर्ने कौडे लेकमा पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटक पुग्न थालेका छन् भने स्थानीयलाई आवातजावतमा सहज भएको छ ।
    बागलुङ र गुल्मीको संगमस्थल कौडे लेकलाई प्रवद्र्धन गर्न गाउँपालिकाले चासो दिएको छ । पदमार्गको छेउछाउमा पर्यटक विश्रामका लागि चौतारी, वन्यजन्तुलाई खानेपानीका लागि पोखरीसमेत निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
    ‘कौडे लेक ऐतिहासिक ठाउँ भएकाले गाउँपालिकाले प्राथमिकतामा राखेर यसको विकासमा काम गरिरहेका छौ’ अध्यक्ष पौडेलले भने, ‘पदमार्ग, पोखरी, बगैँचा र चौतारी लगायतका संरचना बनाएका छौँ, पूर्वाधार बनाउन बजेटको व्यवस्था गरिएको छ ।’
    पदमार्ग, पोखरा, चौतारी र बगैचा निर्माण गर्न गाउँपालिकाले ८० लाखभन्दा बढी खर्च गरिसकेको छ । पर्यटक भित्राउन कौडे लेकको प्रचारप्रसारसँगै सिग्दीमा पुनः घरबास सञ्चालनका लागि स्थानीयसँग सहकार्य गर्ने तयारी भइरहेको अध्यक्ष शर्माको भनाई छ ।
    बरेङ गाउँपालिका–२ का स्थानीय हीरा पुनमगरले पदमार्गले पर्यटकलाई आकर्षण गरेको बताउनुभयो । कौडे लेकबाट धवलागिरि, माछापुछ«े, अन्नपूर्ण लगायतका हिमश्रृंखलासंगै ग्रामिण बस्तीको अवलोकन गर्न सकिन्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend