बागलुङ, १६ बैशाख– सापकोटा कुल देवता धार्मिक संस्था मालिका बागलुङको आयोजनामा शनिबारदेखि श्रीमद्भागवत महापुराण पितृ सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।
महायज्ञको उद्घाटन गर्दै रंगबैकटेस्वर मन्दिर तिरुपती बालाजीधाम कँुडुले फेदीका अध्यक्ष तथा शालग्राम संग्राहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले पछिल्लो समय समाजमा अग्रजहरुको सम्मान हराउदै गएको बेला सापकोटा बन्धुहरुले कुलपितृको नाममा मन्दिर निर्माण गरेर महत्वपुर्ण कार्यको थालनी गरेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटा, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कलाधर सापकोटा, आर्थिक समिति संयोजक शिवप्रसाद सापकोटा, सापकोटा कुल मन्दिर व्यवस्थापन समितिका सल्लाहकार रामकृष्ण सापकोटा, टिकाराम सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महायज्ञ एबं कुलपुजा आयोजक समितिका संयोजक प्रेमप्रसाद सापकोटाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष शालिकराम सापकोटाको स्वागत तथा कलाकार रेशम सापकोटाको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । २२ गतेसम्म संचालन हुने महायज्ञमा प. गिरिराज पौडेलले कथा वाचन गर्नेछन् ।