बागलुङ, १७ बैशाख– बरेङ गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ ।
चालु आर्थिक वर्षमा गाउँपालिकाको नीति, वजेट तथा कार्यक्रममा व्यवस्था भएबमोजिम ९ जना विभिन्न विधामा प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई २ लाख २० हजार रुपैयाँ बराबरको रकम छात्रबृत्तिस्वरुप बितरण गरिएको हो ।
विद्यार्थीका अभिभावकलाई गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा, वडा नं. ५ का वडा अध्यक्ष अमरबहादुर शेरपुजा, गाउँपालिका सामाजिक विकास संयोजक तथा प्रवक्ता तुफान पुन, शिक्षा शाखा प्रमुख सूर्यप्रसाद शर्मा लगाएतले बितरण गरेका थिए ।
छात्रवृतिस्वरुप बरेङ १ का सिजन पौडेललाई ५० हजार, बिनोद थापालाई १५ हजार, समिर पौडेललाई १५ हजार, बरेङ २ मोहन शर्मालाई ५० हजार, ज्ञानु क्षेत्रीलाई २० हजार, गणेश पौडेललाई १५ हजार, समिर पुनलाई १५ हजार, बरेङ ३ का हिमाल सुवेदीलाई २० हजार र बरेङ ५ का जमुना पुनलाई २० हजार रुपैयाँ वितरण गरिएको शिक्षा शाखा प्रमुख शर्माले जानकारी दिए ।
गाउँपालिकले प्राविधिक शिक्षा अध्ययनको लागि चालु आर्थिक बर्षमा ८ लाख छात्रवृतिको व्यवस्था गर्दा प्राविधिक शिक्षातर्फ अत्यन्तै न्यून देखिएकोले विद्यार्थीहरुको प्रोत्साहन, उत्प्रेणा र प्राविधिक शिक्षा टिकाई राख्न पालिकाले नीति, वजेट तथा योजना लागु गरेको हो ।