१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

सडक अनुशासनबारे समुदायमा जनचेतना जगाउन ट्राफिक सप्ताह


जनमञ्च संवाददाता
  • २१ बैशाख २०८० , बिहिबार

  • सडक अनुशासनबारे समुदायमा जनचेतना जगाउन ट्राफिक सप्ताह

    बागलुङ, २१ बैशाख– सडक अनुशासनबारे समुदायमा जनचेतना फैलाउन बागलुङमा ट्राफिक सप्ताह सञ्चालन हुने भएको छ । बुधबार बसेको जिल्ला स्तरीय ‘ट्राफिक सप्ताह’ समन्वय समितिको बैठकले बैशाख २५ देखि ३१ गतेसम्म बिभिन्न कार्यक्रम गरी सप्ताह मनाउने निर्णय गरेको हो ।
    बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह’ प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्ने बैठकमा सहभागि सरोकारवालाले सुझाव दिए । जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी कार्यालयले सामुदायिक तथा संघसंस्थाको समन्वयमा सप्ताह मनाउन लागेका हुन् ।
    सप्ताहअन्तर्गत बैशाख २६ गते बागलुङ बजारमा १५० बढी संघसंस्थाको सहभागितामा प्रभातफेरी गरिने भएको छ । ट्राफिक सम्बन्धि सचेतना सामग्री प्रदर्शनसहित प्रभातफेरी हुने छ । विद्यार्थीदेखि बजारका व्यवसायीलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।
    त्यस्तै, सवारी चालकको स्वास्थ्य परीक्षण, दुर्घटना पछिको नमुना उद्धार, रक्तदान, सचेतना गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।
    बैठकमा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि शुरु गरिएको अभियान फलदायी बन्ने बताइन् । ‘साँघुरो बाटो र धेरै सवारीसाधन जथाभावी सञ्चालन हुँदा बढेका दुर्घटना नियन्त्रण गर्न अभियानले सहयोग पुग्ने छ’ श्रेष्ठले भनिन् ‘ट्राफिक व्यवस्थापनमा समस्या हामीमै छन् र समाधान पनि हामीबाटै खोज्नुपर्छ ।’
    बैठकमा सहभागीहरुले सप्ताह प्रभावकारी बनाउन सबै हिसाबले सहयोग गर्न तयार रहेको बताएका थिए । गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्देशनमा सप्ताह मनाउन लागिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend