पोखरा, २१ बैशाख– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बिहीबार विश्वासको मत लिँदै छन् । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए ।
यही वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) सात र नेकपा (एकीकृत समाजवादी) एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उनी प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्री पाण्डे विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन् । प्रदेश सकारमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिंखडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी विनाविभागीय मन्त्रि छन् ।