१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने


जनमञ्च संवाददाता
  • २१ बैशाख २०८० , बिहिबार

  • यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने

    काठमाडौं, २१ बैशाख– जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनुसनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना रहेको अनुमान गरेको छ ।
    बिभागले यस वर्षको मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको बताएको छ ।
    कोशी प्रदेशका मध्यभाग तथा उत्तरपूर्वी भूभाग, बाग्मती प्रदेशका दक्षिण पूर्वी भूभाग र मधेस प्रदेशका धेरैजसो भूभागमा सरदर पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको विभागको भनाइ रहेको छ ।
    जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार, धेरैजसो भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । यसवर्ष मनसुन जेठ १८ देखि असोज १३ गतेसम्म तोकिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend