१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै


जनमञ्च संवाददाता
  • २४ बैशाख २०८० , आइतबार

  • संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

    काठमाडौं, २४ बैशाख–संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।
    प्रतिनिधिसभा बैठकको पहिलो बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा र राष्ट्रपतिको कार्यकालबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको बेहोरा बढेर सुनाउने तालिका छ ।
    त्यसैगरी बैठकमा सभामुखले आफ्नो अनुउपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यको मनोनय गर्ने तालिका छ । त्यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश गर्ने कार्यतालिका रहेको छ ।
    बैठकको अन्तिममा अर्थमन्त्री डा. प्रकाशशरण महतले, ‘आर्थिक वर्ष २०८०÷८१ को लागि विनियोजित विधेयकका विभिन्न सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक)माथि छलफल गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।​
    संसद् सचिवालयका अनुसार कार्यव्यवस्था समितिमा छलफल गरि यसलाई अन्तिम रुप दिने सचिवालयले जनाएको छ । संसद् सचिवलायले अधिवेशनमा बजेट पेस हुनुअघि नै सक्नुपर्ने प्रि–बजेट छलफलको तालिका तयार पारेको हो ।
    प्रि–बजेट छलफल र नीति तथा कार्यक्रमपछि जेठ १५ मा बजेट पेस हुनेछ । त्यसपछि मन्त्रालयगत रुपमा छलफल हुने र विनियोजन विधेयक पास गर्ने कार्यतालिका छ । बजेट अधिवेशनले नियमित कामबाहेक कानुन निर्माणमा पनि ध्यान दिनुपर्ने माग प्रमुख प्रतिपक्षी दलको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend