बागलुङ, २५ बैशाख– काठेखोला गाँउपालिका वडा नं. ६ स्थित बिहुँकोट मन्दिरमा निर्माण सम्पन्न भौतिक संरचना हस्तान्तरण तथा दातालाई सम्मान गरिएको छ ।
४ सय १२ बर्ष पुरानो बिहुँकोट मन्दिर पछिल्लो समय जिर्ण बन्दै गएपछि दाताहरुको सहयोगमा बिहुँकोट विकास मञ्च काठेखोला, अन्तरराष्ट्रिय बिहुँकोट विकास मञ्च र बिहुँकोट विकास मञ्च चितवन नवलपुरको संयोजनमा निर्मित भौतिक संरचना मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको मन्दिर निर्माण उपसमितिका संयोजक बेदप्रसाद कँडेलले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै सामाजिक एवम् सांस्कृतिक अभियान्ता इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्णप्रसाद कँडेलले कला संस्कृति र पुरातात्विक संरचनाको संरक्षणमार्फत बिहुँकोटलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए ।
काठेखोला गाँउपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले पालिका भित्रका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासको लागि आफुहरुको सदैब साथ र सहयोग रहने प्रतिवद्वता जनाएका छन् ।
विहुँकोट विकास मञ्चका अध्यक्ष हिरालाल कँडेलको अध्यक्षता र सचिव बेदप्रसाद कँडेलको संचालनमा सम्पन्न कार्यक्रममा काँठेखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष बृहस्पती कँडेल, वडा नं. ५ का अध्यक्ष ज्ञामनाथ कँडेल, विश्वहिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछाने र अमर मावि बिहुँका प्रधानाध्यापक भिष्म कँडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।