१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

कानूनी शासनको पालना नहुँदा भ्रष्टाचार बढ्यो : न्यायाधिस गिरी


जनमञ्च संवाददाता
  • २६ बैशाख २०८० , मंगलबार

  • कानूनी शासनको पालना नहुँदा भ्रष्टाचार बढ्यो : न्यायाधिस गिरी

    बागलुङ, २६ बैशाख– नेपालमा प्रधानन्यायालय ऐन आएको दिनको सम्झनामा कानू्न दिवश मनाइएको छ । बागलुङ उच्च अदालत बार इकाइको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरेर दिवश मनाइएको हो ।
    अन्तरक्रियाको उद्घाटन गर्दै उच्च अदालत बागलुङका मुख्य न्यायाधिस कृष्ण गिरीले कानूनी शासनले राज्य संचालकदेखि तल्लो निकायलाई जवाफदेही, पारदर्शी र मर्यादित बनाउने बताएका छन् । उनले कानूनी शासनको पालना नहुँदा समाजमा भ्रष्टाचार बढेको भन्दै सरकारले कानूनी शासनलाई कडाइका साथ पालना गरेमा बढ्दो भ्रष्टाचार अन्त्य गर्न सकिने पनि बताए । उनले राजनीतिक स्थिरता जस्तै लोकतन्त्रको संरक्षणका लागि कानूनी राज्य अपरिहार्य भएको बताए ।
    कार्यक्रममा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, अधिवक्ता कृष्णप्रसाद शर्मा निउरे, काजी गाउँले श्रेष्ठ, हरिप्रसाद शर्माले कानूनी शासन स्थापना गर्न दलहरु असफल रहेको बताए । कानून व्यवसायी पनि मर्यादित भएमात्र कानूनी शासनको स्थापना गर्न सकिने उनीहरुको धारणा थियो ।
    २००९ सालमा आएको प्रधानन्यायालय ऐन जारी भएको बैसाख २६ गतेलाई कानून दिवश मानेर मनाउने चलन छ । नेपालमा प्रधानन्यायालयको रुपमा अदालत स्थापना भने बिसं १९९७ सालमा भएको उल्लेख छ ।
    बागलुङ उच्च अदालत बार एसोसिएसनका अध्यक्ष अखिलनाथ शर्माको अध्यक्षता, सचिव रमेश खड्काको संचालन र उपाध्यक्ष बलराम शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरुले पनि कानून दिवशको औचित्य पुरा गर्न सबै क्षेत्रमा कानूनी शासनको स्थापना गर्नुपर्ने बताएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend