बागलुङ, ४ बैशाख– घुम्न निस्केका दुई मजदुर बागलुङको चिप्लेटी बसपार्क र वडा नं. ९ तित्याङ जोड्ने झोलुङ्गे पुल मुनीको भीरबाट लडेर घाइते भएका छन् । उनीहरु उच्च अदातल बागलुङ इजलाशको भवन बनाउने काममा संलग्न थिए ।
उदयपुर जिल्लाको गाईघाट नगरपालिका–२ का ३० बर्षिय बिरेन्द्र सदार र २६ बर्षिय पञ्चलाल सदार भीरबाट लडेर घाईते भएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । बिरेन्द्र पुलमुनीबाट दुईसय मिटर तल खसेका थिए । पञ्चलाल भने भीरमा रहेको रुखमा अड्किएका थिए ।
उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको छ । घाईतेमध्ये बिरेन्द्रको अबस्था गम्भिर छ । उनीहरु किन पुलमुनीको भीरमा पुगे भन्ने बिषयमा अनुसन्धान भैरहेको केसीले बताए । मजदुरहरु खसेको जानकारी पाएउँदासाथ प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धार गरेका थिए ।