बागलुङ, ६ जेठ– न्यू एभरेष्ट एकेडमी बागलुङले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा बार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित एक समारोहमा स्वागत तथा पुरस्कृत गरिएको हो ।
कार्यक्रममा बक्ताहरुले व्यवहारीक शिक्षामा जोड दिए । सिकाई र व्यवहार समान भएमा मात्रै विद्यार्थीले सिकेका बिषयहरु काममा आउने भन्दै सरोकारवाला तथा अभिभावकले विद्यालयले पाठ्क्रमका अलावा व्यवहारी सीपमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले नीजि विद्यालयहरुले पनि सरकारी नीति नियमको पूर्ण पालना गर्नुपर्ने बताए । बागलुङ नगरपालिका वडा नं. १ का अध्यक्ष जयबहादुर खत्रीले व्यवहारीक शिक्षमा जोड दिए ।
कार्यक्रममा अभिभावक तारानाथ आचार्य, शिक्षक कृष्ण आचार्य, विद्यार्थीहरु सुविन सम्राट मल्ल र दिव्या गौतम लगायतले बोलेका थिए । विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीको अध्यक्षता, शिक्षक भूमीराज शर्माको स्वागत र शिक्षक माधब शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयले विद्यार्थी स्वागतार्थ सास्कृतिक नृत्य प्रतियोगिता सञ्चालन गरेको थियो । नवआगन्तुक १३० जना विद्यार्थीहरुलाई स्वागत तथा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको प्रिन्सिपल अधिकारीले बताए ।