१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

जैमिनीमा खालपोखरी संरक्षणसंगै पर्यटन पार्क निर्माण गरिदै


जनमञ्च संवाददाता
  • ७ जेष्ठ २०८० , आइतबार

  • जैमिनीमा खालपोखरी संरक्षणसंगै पर्यटन पार्क निर्माण गरिदै

    बागलुङको काठेखोला गाउँपालिकाको तंग्राममा संरक्षणको लागि पोखरी वरिपरि पर्खाल लगाईदै । तस्बिर : जनमञ्च
    बागलुङ, ७ जेठ– जैमिनी नगरपालिकाले पोखरी संरक्षणमा चासो देखाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ठूला पोखरीको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्न थालेको हो ।
    जैमिनी नगरपालिका वडा नं. ३ दमेकस्थित खालपोखरीको संरक्षणसंगै सोम क्षेत्रमा पर्यटन पार्क निर्माण गर्न थालेको छ । नगरपालिकाले मौलिक सम्पदासँगै जोडेर पर्यटन प्रवर्द्धन गर्नेगरी काम सुरु नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
    आर्थिक वर्ष २०७९÷८० मा गण्डकी प्रदेशले विनियोजन गरेको १० लाखले खालपोखरीलाई व्यवस्थित गर्ने र पोखरी परिसरमा पर्यटन पार्क, वनभोजस्थल लगायतका संरचना निर्माण गरिने छ । गर्ने नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।
    सडकको सहज पहुँच र पर्यटकीय स्थल गाजाको दह नजिक पर्ने हुँदा खालपोखरी क्षेत्रको विकास गर्न थालेको उपप्रमुख शर्माको भनाई छ । ‘अहिले पर्यटकको लागि नयाँ गन्तव्य निर्माण गर्दैछौँ, खालपोखरी संरक्षणले अन्य पानीका मुहान जोगिने छन्’ शर्माले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend