१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

त्रिपुरेश्वर महादेव मन्दिरको ४० औँ बार्षिकोत्सव


जनमञ्च संवाददाता
  • १२ जेष्ठ २०८० , शुक्रबार

  • त्रिपुरेश्वर महादेव मन्दिरको ४० औँ बार्षिकोत्सव

    बागलुङ, १२ जेठ– त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रम काठेखोला गाउँपालिका–५ बिहुकोट बागलुङको ४० औँ बार्षिकोत्सव तथा रथयात्रा सम्पन्न भएको छ ।
    बार्षिकोत्सवको अवसरमा लघुरुद्राभिशेख भजनकृतन पाठपरायण लगायतका कार्यक्रम गरिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष गौरीशंकर शर्मा सुबेदीले जानकारी दिए ।
    गुल्मी, पर्वत, पोखरा, म्याग्दी र बागलुङका गरी सयौं भक्तजन रथयात्रामा सहभागी थिए ।
    बार्षिकोत्सवको उद्घाटन गर्दै मन्दिर व्यवस्थापन समितका प्रधान संरक्षक श्री १ हजार ८ स्वामी ज्ञानानन्द सरस्वतीले धर्म, संस्कृति, परम्परा र हिन्दुराष्ट्र निर्माणका लागि मठमन्दिर देवालय सिवालयको सबैले संरक्षण गर्नुपर्नेमा जोड दिए ।
    कार्यक्रममा स्थानीय गोबिन्दप्रसाद शर्मा कँडेल, टंकप्रसाद शर्मा कँडेल चन्दादाता श्यामसुन्दर रिजाल लगायतले बोलेका थिए ।
    १ हजार ८ स्वामी ज्ञानानन्द सरस्वतीको अध्यक्षता, वडा अध्यक्ष ज्ञामनाथ कँडेलको स्वागत र सचिव हरिप्रसाद कँडेलको संचालनमा कार्यक्र सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend