१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

बरेङका पशुचौपायामा पनि लम्पी स्कीन देखियो


जनमञ्च संवाददाता
  • १३ जेष्ठ २०८० , शनिबार

  • बरेङका पशुचौपायामा पनि लम्पी स्कीन देखियो

    बागलुङ, १३ जेठ– जिल्लाको बरेङ गाउँपालिकाका पशुचौपायामा पनि लम्पी स्कीन रोगको संक्रमण देखिएको छ । बरेङका ५ वटै वडाका पशुचौपायामा लम्पी स्कीनको संक्रमण देखा परेको हो ।
    पालिकाका करिब ३० गाईगोरुमा लम्पी स्कीनको संक्रमण देखिएको छ । अहिलेसम्म संक्रमणका कारण एक गाई र एक गोरु मरेको पालिकाको पशुसेवा शाखाले जनाएको छ । भैसीमा भने यो संक्रमण नदेखिएको पशु सेवा शाखाका प्रमुख नारायण पौडेलले बताए । रोगग्रस्त क्षेत्रमा नियमित अनुगमन, उपचार लगायतका कार्य भइरहेको पौडेलले जानकारी दिए ।
    लम्पी स्कीन रोगको संक्रमण देखिएका व्यावसायिक फार्ममा जैविक सुरक्षा अपनाउन, रोग लागेका पशुचौपायालाई चरनमा नलैजान तथा क्वरेन्टीनमा राखेर उपचार गर्न र रोगसंग मिल्दोजुल्दो लक्षण देखापरेमा गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गर्दै अन्य ठाउँमा पशु आयात तथा निर्यात नगर्न सुझाव दिएको छ ।
    यसवर्ष गएको पुसदेखि नै पशुचौपायामा फाट्टफुट्ट रोगको संक्रमण देखिन थालेको थियो । लम्पी स्कीन रोग लागेका गाई÷भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्ने लगायत लक्षण देखिने पशु चिकित्सकको भनाई छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend