१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

ट्राफिक प्रहरी साँघुरो कोठामा सिमित


जनमञ्च संवाददाता
  • १४ जेष्ठ २०८० , आइतबार

  • ट्राफिक प्रहरी साँघुरो कोठामा सिमित

    बागलुङ, १४ जेठ– दुई बर्षअघि सडक फराकिलो बनाउने क्रममा ट्राफिक चोकमा रहेको कार्यालय भत्काईयो । बागलुङ नगरपालिकाले नयाँ भवन बनाईदिने आश्वासनपछि कार्यालय भत्काएर समिक्षालय चोकस्थित कच्चि भवनमा ट्राफिकको कार्यालय सारेको थियो ।
    सडक मापदण्डमा परेपछि भत्काईएको भवन पुननिर्माण नहुँदै ट्राफिक प्रहरी प्रयोग गर्दै आएको कच्चि भवनमा समेत नगरले डोजर चलाएको छ । ट्राफिक प्रहरीको कार्यालय सञ्चालन हुँदै आएको भवन रहेको स्थानमा अब आधुनिक सार्वजनिक सौचालय बन्ने छ । यसअघि पनि सार्वजनिक सौचालयसँगै रहेको कच्चि भवन नगरले बिभिन्न तालिम गोष्ठीहरु सञ्चालनका लागि बनाएको थियो । दुई कोठा रहेको भवनको एक कोठामा डोजर चलेको छभने अर्को साँघुरो कोठामा ट्राफिक प्रहरी कार्यालय सरेको छ ।


    ‘हामीलाई त सडकमा काम गर्ने भनेर होला सडकमै पु¥यायो, भुकम्पपछि पीडितहरु भागाभाग गरेर बसेको जसरी कार्यालय साँघुरो कोठामा सारेर बस्न बाध्य छौं’ ट्राफिक प्रहरी हवल्दार टिकारम शर्माले भने । यसअघि पनि ट्राफिक प्रहरीले कार्यालय सञ्चालनका लागि उपयुक्त भवन खोजीको पहल गर्दै आएको थियो । जिल्लाका कुनैपनि निकायबाट साथ नपाएको ट्राफिक प्रहरीको गुनासो छ ।
    बागलुङ नगरपालिकाले भने पहिलाभन्दा फराकिलो ठाउँ उपलव्ध गराएर भवन भत्काएको जनाएको छ । आफ्नै प्रशासनिक भवन अस्थायी रहेको भन्दै नगर प्रमुख बसन्तकुमार श्रेष्ठले कार्यालय नभएका सबै सरकारी कार्यालयको भवन बनाउन पहल भैरहेको बताए । बिना बिकल्प जर्बजस्ती रूपमा कार्यालय भत्काउँदासमेत सरोकारवाला निकाय मुकदर्शक बनेको भन्दै ट्राफिक प्रहरीले असन्तुष्टि ब्यक्त गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend