१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

निरयघाटमा सुविधासम्पन्न वृद्धाश्रम निर्माण


जनमञ्च संवाददाता
  • १५ जेष्ठ २०८० , सोमबार

  • निरयघाटमा सुविधासम्पन्न वृद्धाश्रम निर्माण

    बागलुङ, १५ जेठ– बागलुङ नगरपालिका वडा नं. ४ स्थित निरयघाटमा वृद्धाश्रम निर्माण सम्पन्न गरिएको छ ।
    निर्माणाधीन मानवसेवा आश्रमको भवन नजिकै वृद्धाश्रम निर्माण सम्पन्न गरिएको हो ।
    नगरपालिकाको समन्वय तथा राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थ मन्त्रालयको विशेष अनुदानमा वृद्धाश्रम निर्माण गरिएको हो । नगरपालिका र जुम्ली निर्माण सेवाबीच २ करोड ५७ लाख ९० हजारमा ठेक्का सम्झौता गरेर भवन निर्माण सम्पन्न गरिएको हो ।
    नगर उपप्रमुख राजु खड्काका अनुसार, वृद्धाश्रम नर्सिङ सेवासहितको हुनेछ । नगरपालिकाले कार्यविधि बनाएर वृद्धाश्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।
    घरमा बस्ने वातावरण नभएका, हेला–होचोमा परेका र संरक्षणको अभाव भएकालाई संरक्षण दिने, ध्यान र योगमार्फत खुसी जीवनयापन गर्न सिकाउने उद्देश्यले वृद्धाश्रम सञ्चालन ल्याउने योजनाअनुसार भवन निर्माण गरिएको खड्काले बताए ।
    २० कोठा रहेको एक तलाका दुई भवन निर्माण गरिएको छ । सबै कोठामा शौचालय र स्नानगृहको व्यवस्था छ । भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री र सबै सुविधा एकै तलामा हुनेगरी भवनको निर्माण भइसकेको नगरपालिकाका इन्जिनियर गौरव शर्माले बताए ।
    भवनको नगरपालिकाबाट अनुगमन सम्पन्न गरिएको र भवन हस्तान्तरण अघि केही महत्वपूर्ण काम गर्न निर्माण व्यवसायीलाई सुझाव दिइएको शर्माको भनाई छ । निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायण गुठीको ५ रोपनी जग्गामा भवन निर्माण गरिएको हो । मानव सेवाआश्रम निर्माण गर्न गुठीकै ७ रोपनी जग्गा उपलब्ध गराइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend