१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

बागलुङकी परियारलाई प्रत्यक्ष दोहोरी गायिकाको अवार्ड


जनमञ्च संवाददाता
  • १६ जेष्ठ २०८० , मंगलबार

  • बागलुङकी परियारलाई प्रत्यक्ष दोहोरी गायिकाको अवार्ड

    बागलुङ, १६ जेठ– बागलुङे चर्चित लोक तथा दोहोरी गायिका सीता परियारले सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिकाको अवार्ड जितेकी छन् । पोखरामा सम्पन्न ‘दोस्रो नेशनल गण्डकी म्युजिक अवार्ड–२०८०’ मा उनले सर्बोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिकाको अवार्ड प्राप्त गरेकी हुन् ।
    पुष्पाञ्जली स्टुडियो पोखाराले अवार्डको आयोजना गरेको थियो । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले परियारलाई अवार्ड प्रदान गरेका थिए । ४० भन्दा बढी बिधामा अवार्ड वितरण भएको कार्यक्रममा परियारसँगै नेपालका चर्चित कलाकारहरुले फरक फरक बिधामा अवार्ड प्राप्त गरेका छन् ।
    नेपाली गीत संगीतको ब्यापार डिजिटल प्लेटफर्मसँगै विश्वबजारमा पुग्न सफल छ । नेपाली संगीतले पनि बेला बेला युटुब टेन्ड्रिङ पुग्दै राम्रो ब्यापार गरिरहेको छ । अहिलेको बजार प्रत्यक्ष नेपाली लोक दोहोरीले आम दर्शकको मन जितिरहेको छ ।
    यही माध्यामबाट धेरै लोकदोहोरी गायक गायिकाहरु उत्पादन भइरहेका छन् । बागलुङे गायिका परियार पनि डिजिटल प्लेटफर्ममार्फत स्थापित हुने कलाकार हुन् । दोहोरी गायिका परियार बिगत १६ बर्षदेखी यस क्षेत्रमा छन् ।
    नेपालका सयौं लोक दोहोरी प्रतियोगीतामा सफलता प्राप्त गरेकी परियारले २०७० मा काठमाडौंमा सम्पन्न राष्ट्रिय हाइलाइटस् नेपाल लोकदोहोरी अवार्डमा प्रतियोगी दोहोरी गायिका बिधामा सर्बोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भएकी थिइन् । उनले अवार्ड जितेपछि प्रतियोगितामा केही बर्ष विश्राम गर्दै अफिसियल गीतहरु बजारमा प्रस्तुत गर्दै आइरहेकी थिइन् ।
    २०७९ सालमा पोखरा सभागृहमा सम्पन्न कल्याण शेरचरन स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालकै ठूलो राशी भएको राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगितामा ४८ समूहको प्रतिस्पर्धामा उत्कृष्ट दोहोरी गायिका बिधामा नगद ५० हजार जीतेपछि उनको प्रत्यक्ष दोहोरीको प्रतिस्पर्धा पुनः सुरु भएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend