१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

बागलुङ नगर सहलगानी (लिफ्टीङ खानेपानी) आयोजनाको परीक्षण सुरु


जनमञ्च संवाददाता
  • १७ जेष्ठ २०८० , बुधबार

  • बागलुङ नगर सहलगानी (लिफ्टीङ खानेपानी) आयोजनाको परीक्षण सुरु

    बागलुङ, १७ जेठ– काठेखोलाको पानी बागलुङ बजारमा वितरण गर्ने गरी सञ्चालनमा रहेको बागलुङ नगर सहलगानी (लिफटिङ्ग खानेपानी) आयोजनाको परीक्षण सुरु गरिएको छ ।
    निर्माण व्यवासयीले काठेखोलाको पानी सुद्धिकरणस्थल र शुद्धिकरणस्थलबाट वितरण ट्याङ्कीसम्म पानी तानेर परीक्षण सुरु गरेको हो । आयोजना निर्माण गरिरहेको कम्पनी कन्काई जयमाता जेभीका इञ्जिनियर बिक्रम अधिकारीका अनुसार लिफ्टीङमाा आउनसक्ने समस्या, वितरण ट्याङ्कीसम्मको पाइपलाईन, पानी शुद्धिकरणस्थल र अन्य प्राबिधिक बिषयको परीक्षण थालिएको हो ।
    परीक्षण सफल भएमा आगामी एक महिनाभित्र आयोजना हस्तान्तरण गर्नेगरी निर्माण कम्पनीले तयारी गरिरहेको छ । आयोजनाको अनुगमन तथा सुपरीवेक्षण गरिरहेको संघीय खानेपानी आयोजना बेनी म्याग्दी र बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रत्यक्ष निगरानीमा परीक्षण थालिएको अधिकारीले बताए ।


    परियोजनाको बागलुङ नगरपालिका–३ काठेखोला किनारदेखि पानी प्रशोधन केन्द्र रहेको कैलामपोखरीसम्म र कैलामपोखरीदेखि वितरण ट्याङ्कीसम्म छुट्टाछुट्टै परीक्षण भैरहेको छ । आयोजनाको परीक्षण सुरु भएसँगै बागलुङ बजारमा छिट्टै खानेपानी वितरण सुरु गर्ने तयारी रहेको संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए ।
    लामो समयदेखि अलपत्र आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिएपनि अझै आयोजना सम्पन्न हुन नसकेको हो । दुई वर्षमा आयोजना सक्नेगरी २०७५ असार ३१ गते कन्काई जयमाता जेबीले निर्माणको जिम्मा लिएको थियो ।
    निर्माण कम्पनीको ढिलासुस्तीले तीन पटक म्याद थपेर योजना निर्माण सम्पन्नको चरणमा पुगेको हो । लिफ्ट आयोजनाले बागलुङ बजारमुनी रहेको काठेखोलाको पानी लिफ्टीङमार्फत रातमाटामा तानेर शुद्धिकरण गरेर वितरण गर्नेगरी काम भैरहेको हो ।
    ३२ करोड २५ लाख रुपैयाँको लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालेको थियो । कोरोना महामारी, आयोजना निर्माणस्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाई भएको निर्माण व्यवसायीले बताउँदै आएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend