९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

दुग्ध विकास बोर्ड खारेजीप्रति संघको विरोध


जनमञ्च संवाददाता
  • १८ जेष्ठ २०८० , बिहिबार

  • दुग्ध विकास बोर्ड खारेजीप्रति संघको विरोध

    बागलुङ, १८ जेठ– नेपाल सरकारले हचुवाका भरमा दुग्ध विकास बोर्ड खारेजीको निर्णय गरेको भन्दै बागलुङ दुग्ध उत्पादक सहकारी संघले बिरोध जनाएको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममा समाबेश भएको दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न नेपाल सरकारसँग माग गरेको हो ।
    नेपालमा दुध उत्पादन बढाउन र यो पेशासँग आबद्ध किसानलाई व्यवसायी बनाउन बोर्डको भुमिका महत्वपूर्ण रहेको भन्दै संघले बोर्ड खारेजीको भत्र्सना गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– ‘दुग्ध क्षेत्रलाई प्रबद्र्धन गर्न तथा कृषक र उद्योगहरुको हक हितका लागि सदैव उल्लेख्य भुमिका निभाएको कुरालाई नकार्न सकिन्न । यस्तो संबेदशनशिल बिषयलाई नकार्दै सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको खारेजी गर्ने प्रस्ताव गरेकोमा संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’
    संघले बोर्डमा रहेका समस्या समाधान र पुनः संरचना गरेर सञ्चालन गर्नुपर्ने माग गरेको छ । बोर्ड खारेजीले दुग्ध उत्पादक व्यवसाय धरापमा पर्ने संघको बुझाई छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend