१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

पत्रकार सज्जन कुमार सिंहको ‘पोखरामा’ गीत बजार


जनमञ्च संवाददाता
  • १८ जेष्ठ २०८० , बिहिबार

  • पत्रकार सज्जन कुमार सिंहको ‘पोखरामा’ गीत बजार

    बागलुङ, १८ जेठ– पत्रकार सज्जन कुुमार सिंहको नयाँ गीत ‘पोखरामा’ सार्वजनिक भएको छ । डिजिटल प्लेट फर्म युटुवमार्फत गीत बजारमा आएको हो ।
    माया प्रेममा आधारित गीतमा पोखराको पानी र युवतीको जवानीलाई चित्रण गरिएको छ । सिंहको गीत सार्वजनिक भएपछि पोखराका स्थानीयले भने गलत हिसाबले पोखरेली महिलालाई चित्रण गरेको भन्दै विरोध गरिरहेका छन् । ‘पोखरामा… दुई कुराको भर हुन्न, एउटा पानीको, अर्को नानीको’ गीतको मुल थेगोमा पोखरेलीहरुले सामाजिक सञ्जालमा आपत्ति जनाईरहेका छन् ।
    पोखराको मौसम र प्रेमलाई बिषयवस्तु बनाएर तयार पारिएको गीतको शब्द, संगीत तयारी गरिएको छ । गीतमा सज्जन कुमार सिंह र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीत विनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।
    गीतको भिडियोलाई इश्वर बाबुले निर्देशन, सम्पादन गरेका हुन् । राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोमा गायक सिंह आँफै मुख्य भुमिकामा छन् । जुना गुरुङ र सरिता धानकोटीको अभिनयले गीत सुन्दर बनेको छ । भिडियोमा पोखराको फेवाताल र यहाँका ऐतिहासिक प्राकृतिक ठाउँ समावेश गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend