१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

लोपोन्मुख पञ्चेबाजा संरक्षण गर्दै मगर समुदाय


जनमञ्च संवाददाता
  • २० जेष्ठ २०८० , शनिबार

  • लोपोन्मुख पञ्चेबाजा संरक्षण गर्दै मगर समुदाय

    प्रतिकात्मक तस्बिर

    बागलुङ, २० जेठ– परियार समुदायले बजाउँदै आएको परम्परागत पञ्चेबजा लोप हुन थालेपछि बागलुङको बडिगाड गाउँपालिकाका मगर समुदायले संरक्षणको प्रयास थालेको छ ।
    केही वर्षअघि बडिगाड गाउँपालिकाको दगातुम्डाँडामा पञ्चेबाजा लोकप्रिय थियो । परियार समुदायका पुराना व्यक्ति घटदै जाने र नयाँ पुस्ताले सीप नसिक्दा बाजा लोप हुने अवस्थामा पुगेकाले मगर समुदाय बाजा संरक्षणमा जुटेको हो ।
    पञ्चेबाजाका नाइके लोकबहादुर दर्जीको दुई वर्षअघि मृत्यु भएपछि उक्त समूह निष्कृय भएको छ । दलित र जनजाति समुदायको बसोबास रहेको दगातुम्डाँडामा फेरि अहिले पञ्चेबाजा पहिले जस्तै घन्किन थालेको छ ।
    यमबहादुर भुजेल मगरको नेतृत्वमा रहेको पञ्चेबाजा समूहले पञ्चेबाजा बजाउने गरेको छ । नैमती मगर बाजा समूह गठन गरेर उनीहरुले २०७९ असोज १ गतेदेखि बाजा बजाउन सुरु गरेका हुन् ।
    समूहबाट संकलित सहयोग रकमबाट २ लाखको लागतमा बाजाको सेट खरिद गरेर बाजा बजाउन सुरु गरिएको नेतृत्वकर्ता मगरले बताए । मगरका अनुसार बाजा बजाएबापत आउने रकम सबै कोषमा राख्ने र केही बाँड्ने गरेका छन् ।
    बाजा समूहमा आवद्व सदस्यहरु विदेशमा दुःख गरेर स्वदेशमै केही गर्ने उद्देश्यले फर्किएकाहरु छन् । बाजा बजाएर घर खर्च चलाउन सहज हुने भएपछि पेशालाई निरन्ता दिने समूहका अर्का सदस्य तोरन मगरले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend