१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

बिद्यालयमा कार्यरत कर्मचारीको दरबन्दी माग


जनमञ्च संवाददाता
  • २५ जेष्ठ २०८० , बिहिबार

  • बिद्यालयमा कार्यरत कर्मचारीको दरबन्दी माग

    बागलुङ, २५ जेठ– बिद्यालयमा कार्यरत कर्मचारीहरुको संस्था नेपाल बिद्यालय कर्मचारी परिषदले उचित पारिश्रमिकको माग गरेका छन् । उनीहरुले बर्षौदेखि कार्यरत ती कर्मचारीको दरबन्दीको व्यवस्था गर्न पनि माग गरेका छन् ।
    जेठ २१ गतेदेखि शिक्षा बिकास तथा समन्वय इर्कामा धर्नामा बसेका कर्मचारीहरुले संघिय शिक्षा ऐन जारी गर्नुपर्ने, लेखापाललाई नायव सुब्बा सरह र कार्यालय सहयोगीलाई पनि दरबन्दीमा राख्नुपर्ने माग गरेका हुन् । हाल उनीहरुले करारमा काम गरिरहेका छन् ।
    बर्षौदेखि काम गर्दा उनीहरुले आफ्नो जीवन बिद्यालयमा बिताएको तर दरबन्दीमा कामय नगरिएको र तलबभत्ता पनि राम्रो नदिएको परिषदका बागलुङ जिल्ला सचिव अर्जुन सापकोटाले जानकारी दिए । उनीहरुले कर्मचारीलाई काम लगाएपनि कर्मचारीकै रुपमा स्विकार नगरिएको गुनासो गरे । बागलुङमा मात्रै १ सय ७ जना लेखापालसहित ६ सय १४ जना बिद्यालय कर्मचारी कार्यरत रहेका छन् ।
    आन्दोलनरत कर्मचारीले २६ गतेसम्म बिद्यालयको तालाचाबी बुझाएर धर्नामा लागेका हुन् । त्यस्तै उनीहरुले २७ गतेदेखी काठमाण्डौंस्थित भद्रकालीमा रिले अनसन बस्ने र असार २ गतेदेखि माग सम्बोधन नभएमा सबै बिद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।
    उनीहरुले राखेका मागमा नेपाल ट्रेड युनियन कांग्रेसले ऐक्यबद्धता जनाएको छ । ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष इश्वर ठाकुर पौडेल र सचिव बिरबहादुर किसानले बिज्ञप्तीमार्फत बिद्यालय कर्मचारीको आन्दोलनमा साथ दिएको घोषणा गरेका हुन् ।
    साथै, उनीहरुले कर्मचारीको हक हित र पेशागत सुनिश्चितताका लागि साथ दिएको बताएका छन् । पेशागत क्षेत्रमा काम गर्ने कर्मचारी, मजदुर, असंगठित क्षेत्रका कामदार लगायतको हितमा काम गर्ने ठाकुरले बताए । हरेक बिद्यालयमा लेखापाल र सहयोगी आवस्यक पर्ने भएकोले दरबन्दीमै व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
    जेठ १ गते आएको नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीको सेवा सुविधामा सम्बोधन गरिनेछ भन्ने वाक्यांस राखेर आसा जगाएपछि बजेटमा भने कुनैपनि शब्द नराखेर कर्मचारीप्रति बिभेद गरिएको उनीहरुको गुनासो छ । बिद्यालयमा कार्यरत शिक्षकले भने दरबन्दीमा बसेर राज्यले तोकेको तलब खाएका छन् भने कर्मचारीले आन्तरिक श्रोतबाट न्युन तलब खाएको पीडितले बताए । बजेटमा यो बिषयको शिर्षकनै छाडिएकोमा कर्मचारीको ध्यानाकर्षण भएकोले आँफूले पनि साथ दिएको पौडेलले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend