१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

बिद्यामन्दिरमा आँखा तथा स्वास्थ्य परीक्षण शिविर


जनमञ्च संवाददाता
  • २७ जेष्ठ २०८० , शनिबार

  • बिद्यामन्दिरमा आँखा तथा स्वास्थ्य परीक्षण शिविर

    प्रतिकात्मक तस्बिर
    बागलुङ, २७ जेठ– बिद्यामन्दिर माबिमा शुक्रवार बालबालिकाको लागि स्वास्थ्य परीक्षण तथा आँखा उपचार शिविर सम्पन्न भएको छ ।
    आँखा उपचारतर्फ कक्षा ६ देखि १० सम्मका २ सय ८७ जना बालबालिकाको परीक्षण गरिएकोमा १७ जनामा समस्या भई चस्मा बितरण गरिएको प्रधानाध्यापक छविरमण रेग्मीले बताए । बागलुङको सफल आँखा उपचार क्लिनिकको प्राविधिक सहयोगमा शिविर गरिएको थियो ।
    त्यस्तै कक्षा १ देखि ५ सम्मका बालबालिकाको सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । बालबालिकाको परीक्षणमा २७ जना बालबालिकाको घाँटीको टन्सिल र १८ जनाको दाँतमा समस्या देखिएको थियो ।
    शुक्रबार शिविरको उद्घाटन गर्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले नियमति उपचार शिविर गर्दा बालबालिकको स्वास्थ्य अवस्थामा सुधार भई शैक्षिक क्षेत्रमा पनि प्रगती हुने बताए ।
    शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन प्रअ रेग्मीले गरेका थिए भने आँखा उपचारका लागि नेत्र सहायक गणेश महतो र स्वास्थ्य परीक्षणका लागि बिद्यालय नर्स सविता ज्ञवाली सहभागि थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend