१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

सुरक्षित आप्रवासन कार्यक्रम सामीको वार्षिक समीक्षा


जनमञ्च संवाददाता
  • २९ जेष्ठ २०८० , सोमबार

  • सुरक्षित आप्रवासन कार्यक्रम सामीको वार्षिक समीक्षा

    बागलुङ, २९ जेठ– सुरक्षित आप्रवासन कार्यक्रम सामीको वार्षिक समीक्षा कार्यक्रम शनिवार सम्पन्न भएको छ । बैदेशिक रोजगारीलाई सुरक्षित र म¥र्यादिन बनाउने काममा भएका क्रिायकलाप बारे समीक्षामा बागलुङका तीनवटा नगरपालिका र एक गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा भएका क्रिायकलापको समीक्षा गरेका थिए ।
    बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकामा आप्रवासन कार्यक्रम संचालित छ ।
    बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा भएको समीक्षामा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा, काठेखोलागाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तिलक थापा, सहायक प्रजिअ चित्राङगत बराल, सामी कार्यक्रमका अधिकृत शिव रेग्मी, उमादेवी शर्मा लगायतले एक बर्षमा भए गरेका काम र त्यसले सुरक्षित बैदेशिक रोजगारीकालागि भएका क्रियाकलाप बारे जानकारी गराएका थिए ।
    उक्त अबसरमा सामी कार्यक्रमबाट सहयोग पाएर बैदेशिक रोजगारीमा जाँदा ठगिनबाट बचेका, विभिन्न समस्यामा पर्दा सामीले सहयोग गरेका तथा बिदेशमा मृत्यु भएका परिवारले राहत तथा क्षतिपूर्ति पाएका घटनाबारे पीडित र रिटर्नीबाट घटना बिवरण पनि प्रस्तुतीकरण भएको थियो । कार्यक्रम संयोजक मीनप्रसाद उपाध्यायले जिल्लाको समग्र अबस्था र हाल सम्म सम्पन्न भएका कामबारे प्रस्तुतीकरण गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend