१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

गोरु काट्ने नौ जना पक्राउ, बालिका बलात्कारको अभियोगमा १० वर्ष कैद


जनमञ्च संवाददाता
  • २९ जेष्ठ २०८० , सोमबार

  • गोरु काट्ने नौ जना पक्राउ, बालिका बलात्कारको अभियोगमा १० वर्ष कैद

    बागलुङ, २९ जेठ– मध्यरातमा दुई वटा गोरु काटेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । बागलुङको बडिगाड गाउँपालिका–७ माझखर्कस्थित छविलाल पुनको गोठमा दुई गोरु काटिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
    प्रहरीले नौ जनासहित गोरु काट्न प्रयोग गरिएको हातहतियार र ७० केजी मासु बरामद गरेको प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिए । पक्राउ पर्नेमा माझखर्कका उक्तम बुढा मगर, देबबहादुर बुढा मगर, शेरबहादुर बुढा मगर, तेजबहादुर बुढा मगर, गिरबहादुर बुढा मगर, हिमाल बुढा मगर, गिरप्रसाद बुढा मगर, मनबहादुर बुढामगर र मानसिंह बुढा मगर छन् ।
    पक्राउ पर्ने नौ जनालाई इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट थप अनुसन्धानका जिल्ला प्रहरी कार्यालय ल्याइएको केसीले बताए । प्रहरीले घटनास्थलबाट ७० केजी गोरुको मासु, बन्चरो एक थान, चक्कु दुई थान, हसिया तीन थान र दुई वटा गोरुको टाउको बरामद गरेको छ । पक्राउ परेका नौ जनालाई पशुपन्छी सम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाइने प्रहरीको भनाई छ ।
    यसैबीच, १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बागलुङको ताराखोला गाउँपालिका–५ का २१ वर्षीय प्रकाश भन्ने लोकबहादुर घर्तीलाई १० वर्ष कैद सजाय भएको छ ।
    जिल्ला न्यायाधिश दिवाकर भट्टको आदेशले घर्तीलाई कैदसँगै ५ लाख जरिवाना र २० हजार रुपैयाँ क्षतीपूर्ती फैसला गरेको जिल्ला अदालत बागलुङका इजालाश अधिकृत गंगाधर सापकोटाले जानकारी दिए । ०७९ साउन ५ गते विद्यालयबाट फर्किर्दै गरेकी बालिकलाई निज घर्तीले ताराखोलाको जंगलमा बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend