१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

‘समान अवसर र बितरणले मात्र समाज विकासलाई सन्तुलन राख्न सक्छ’


जनमञ्च संवाददाता
  • ३० जेष्ठ २०८० , मंगलबार

  • ‘समान अवसर र बितरणले मात्र समाज विकासलाई सन्तुलन राख्न सक्छ’

    प्रतिकात्मक तस्बिर

    बागलुङ, ३० जेठ– समाजको समानुपातिक विकासका लागि पुरुष जस्तै महिला पनि समान रुपमा अगाडि बढ्नुपर्ने सरोकारवालाले औल्याएका छन् ।
    काठेखोला गाउँपालिकाको समन्वयमा महिला तथा बालबालिका विभागले आयोजना गरेको लैंगिक हिंसा निवारणमा पुरुष सहभागिता प्रवद्र्धनका लागि सशक्तीकरण र सहकार्य भन्ने नाराका साथ दुई दिने अभिमूखीकरण कार्यक्रमका सहभागिले समान अवसर, समान बितरणले मात्र समाज विकासलाई सन्तुलन राख्ने बताएका थिए ।
    महिला तथा बालबालिका विभागकी निर्देशक निरा अधिकारीले महिला र पुरुष दुवैले राज्यको समान अबसर पाएमा समाज सभ्य र विकसित हुने समेत बताइन् । ‘कोही अगाडि बढेर समाज विकास हुने भए महिल समावेशी अबधारणा पनि चाहिने थिएन’ उनले भनिन्, ‘विकास एकोहोरो हुँदा पनि समाजलाई घाटा पुग्ने रहेछ, त्यसैले दोहोरो विकासको अवधारणा आएको हो ।’ उनले महिला सधै पछि पर्दा समाजलाई घाटा पुग्ने भन्दै महिला अगाडि बढ्न पुरुष पनि सचेत र सक्षम बन्नैपर्ने बताइन् ।
    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्का, विभागकी निर्देशक निरा अधिकारी लगायतले सशक्तीकरण, महिला अधिकार र विकासमा महिला र पुरुषको सहभागिताबारे प्रस्तुतीकरण गरेका थिए ।
    कार्यक्रममा बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वती देवी रेग्मीले महिला हिंसा न्युनिकरणमा पुरुषको भूमिका र हिंसा पीडितलाई गरिएका प्रयासबारे जानकारी गराइन् । अभिमुखीकरणमा पालिकाका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारी तथा ग्रामीण क्षेत्रमा गठन भएका महिला सहकारी संस्थाका अगुवाको पनि सहभागिता थियो ।
    यो कार्यक्रमले हिंसा न्युनिकरणमा सहयोग पुग्नुको साथै हिंसा हुनै नदिने वातावरण बनाउन सहयोग पुग्ने बताइएको थियो । हिंसा भएमा बिद्रोह गर्नुपर्ने सहभागिले सुझाव समेत दिएका थिए । नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाले भूमीका खेलेझै हिंसाबिरुद्ध पुरुषले पनि अगुवाई गर्नुपर्ने सुझाव आएको काठेखोला गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख रश्मी गौतमले बताइन् ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तिलक थापा लगायतले पनि हिंसा न्युनिकरणमा पुरुषले खेल्नुपर्ने भूमिकाबारे बोलेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend