१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा उपहार


जनमञ्च संवाददाता
  • ३० जेष्ठ २०८० , मंगलबार

  • सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा उपहार

    प्रतिकात्मक तस्बिर
    म्याग्दी, ३० जेठ– धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ ।
    सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भ परीक्षण, बच्चाको तौल वृद्धि अनुगमन गर्ने र सुरक्षित प्रसूति हुनेलाई घ्यू, अण्डा लगायतका पौष्टिक आहरा उपहार दिइएको हो ।
    गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले मातृ शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि पौष्टिक आहरा उपहार दिने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
    स्वास्थ्य संस्थामा गई चार, छ, आठ र नौ महिनामा गर्भ जाँच गराउने आमा र १५ महिनाभित्र तोकिएका सबै मात्राको खोप लगाएका तथा १२ र २४ महिनामा तौलको वृद्धि अनुगमन गर्न आउनेलाई पोषिला खानेकुरा दिने गरिएको छ ।
    चार पटकको गर्भ परीक्षण र सुत्केरी भएपछि पाँच क्यारेट अण्डाको साथमा आधा लिटर घ्यू र सुप बनाएर सुत्केरीले खाने ज्वानो उपहार दिने गरिएको छ ।
    पन्ध्र महिनामा तोकिएको सबै मात्राको खाप लगाउने, १२ र २२ महिनामा वृद्धि अनुगमन गर्ने बच्चाले पनि एक÷एक क्यारेट अण्डा पाउँछन् ।
    चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन भएको यस कार्यक्रमबाट एक सय २६ जना सुत्केरी र दुई सय जना गर्भवतीले यो सुविधा पाइसकेका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले बताइन् ।
    भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धैलागिरि गाउँपालिकाका अधिकांश महिला सुत्केरी हुन बेनी तथा जिल्ला बाहिरका अस्पतालमा जाने गर्छन् । केही अझै पनि भरमा असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend