९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

स्थान विशेष तोकेरै सार्वजनिक यातायातको भाडा समायोजन (सूचीसहित)


जनमञ्च संवाददाता
  • ३१ जेष्ठ २०८० , बुधबार

  • स्थान विशेष तोकेरै सार्वजनिक यातायातको भाडा समायोजन (सूचीसहित)

    बागलुङ, ३१ जेठ– सार्वजनिक यातायात भाडा निर्धारण समिति बागलुङले जिल्लाभित्र चल्ने बस तथा जिपको भाडादर समायोजन गराएको छ ।
    प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षतामा मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले स्थान बिशेष तोकेरै भाडा कायम गराएको हो । पछिल्लो समय कच्ची सडक पक्की बनेको र इन्धनको भाडा घटेकोले बागलुङको ग्रामीण तहमा जाने आउने भाडा घटाउनुपर्ने माग उठेको थियो । समायोजन भएको भाडादर असार १ गतेदेखि लागू हुने बताइएको छ ।
    बैठकमा यातायात व्यवसायी, जिल्ला प्रहरी, यातायात व्यवस्था कार्यालय, ट्राफिक, पूर्वाधार विकास कार्यालय, यातायात मजदुर व्यवसायी संघ र अन्य सरोकारवालाको सहभागिता रहेको यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिं थापाले बताए ।
    ‘अधिकांस स्थानमा पुग्ने भाडा दर थोरै भएपनि घटेको छ’ उनले भने, ‘सडकको अवस्था, इन्धनको मूल्य लगायतको अबस्था हेरेर बैज्ञानिक भाडादर कायम गरिएको छ ।’ बेला बेला हुने समायोजन अनुसारकै यो पटक भाडादर कायम गरिएको हो ।
    तोकिएको भाडा दर अनुसार बागलुङदेखि अक्षेतेका लागि बसमा ७५ र जिपमा १ सय रुपैयाँ भाडादर तोकिएको छ । त्यस्तै घोडाबाँधेसम्मको बसमा २ सय ५५ र जिपमा ३५०, हटियासम्म ५७० र हरिचौरको ७ सय रुपैयाँ भाडा तोकिएको छ । बसको पनि भाडादर जिपभन्दा कम तोकिए पनि ग्रामीण क्षेत्रमा बस भने चल्दैनन् ।
    बडिगाड गाउँपालिकाको कार्यालयसम्म पुगेको ८ सय, बुर्तिवाङ ९ सय ८०, निसीखोलाको पालिका रहेको जुग्जाखोला १ हजार १ सय ६० र तमानखोलाको पालिका रहेको बोङगादोभान पुगेको १ हजार १ सय ८० रुपैयाँ भाडा तोकिएको हो । ती स्थानबाट गाउँ गाउँमा पुग्नु पर्दा थप भाडा लाग्ने बताइएको छ । गलकोटहुँदै अर्गल पुगेको ७ सय र सिधै भएमा ४ सय रुपैयाँ भाडा तोकिएको हो । दक्षिण बागलुङको बरेङका लागि पनि ९ सय ७० रुपैयाँ भाडा तोकिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend