१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

पाहुना शिक्षक अभियान : सरकारी र निजी विद्यालयको पढाईमा ल्याउला एकरुपता ?


जनमञ्च संवाददाता
  • ३१ जेष्ठ २०८० , बुधबार

  • पाहुना शिक्षक अभियान : सरकारी र निजी विद्यालयको पढाईमा ल्याउला एकरुपता ?

    बागलुङ, ३१ जेठ– सामुदायिक र संस्थागत बिद्यालयको पढाइमा रहेको फरक पहिल्याएर एकरुपता ल्याउने उद्देश्यले बागलुङ नगरपालिकाले पाहुना शिक्षक अभियान ल्याएको छ ।
    नीति तथा कार्यक्रममा जोडेको अभियानलाई बुधबारदेखि व्यवहारमा ल्याउन लागेको हो । सामुदायिक बिद्यालयको शिक्षक अर्को संस्थागत बिद्यालयमा पुगेर पढाउने र संस्थागतको शिक्षक सामुदायिकमा पुगेर पढाउने कार्यक्रम नगर शिक्षा शाखाले लगाएको हो ।
    मंगलबार पहिलो पटकका लागि दुइ दर्जन बिद्यालयका गणित शिक्षकलाई नियुक्ती दिएर पाहुना शिक्षक भएर काम गर्न पठाइएको हो । ‘पहिलो पटक परीक्षणका लागि गणित शिक्षकलाई पाहुना बनाएर पठाएका छौं’ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भने, ‘यसबाट आउने परिणाम हेरेर अरु शिक्षकको पनि व्यवस्थापन गरिनेछ ।’ आगामी बर्षको बजेटमा यो बिषय समावेश गरेर बिभिन्न क्रियाकलाप संचालन गर्ने तयारी गरिएको छ ।
    यो पहिलो चरणको काममा हरेक शिक्षकले सिकाइमा दुई दिन दिनेछन् । थप एक दिन प्रतिवेदन लेखन गर्ने बताइएको छ । ‘एउटा सामुदायिक बिद्यालयको शिक्षक र अर्को संस्थागतको शिक्षक मिलेर कक्षा लिने, कक्षामा भएका राम्रा पक्षको अनुसरण गर्ने र सुधार्ने पक्ष सुझाव दिने छन्’ पोखरेलले भने, ‘यो नविन काम हो, केही परिवर्तन पनि आउनेछ ।’ शिक्षकलाई पनि नयाँ स्थानमा पुग्दा फरक अनुभव हुने उनले बताए ।
    सम्बन्धित प्रधानाध्यापकलाई समेत जानकारी दिएर पाहुना शिक्षकको सम्मान र काममा खटाउन आग्रह गरिएको छ । त्यसअघि शिक्षकलाई राखेर अभिमूखीकरण पनि गरिएको नगर शिक्षा अधिकृत गौरव रानामगरले बताए । ‘अभिमुखीकरण गरेपछि शिक्षक र बिद्यालयमा पनि जानकारी बोदार्थ पठाएका छौं’ रानामगरले भने, ‘अब यो प्रक्रियाले शिक्षकमा उत्साह थप्नेछ ।’ पढाइमा केही दिन असर परेपनि सिकाइ भने महत्वपूर्ण हुने उनको भनाई थियो ।
    मंगलबार भएको अभिमुखीकरणमा उपप्रमुख राजु खड्काले शिक्षा क्षेत्रमा सुधार आएमा अरु क्षेत्र सुधार हुने बताए । उनले निजी र सामुदायिक बिद्यालयको परीक्षाफलमा देखिएको फरकलाई पुरा गर्न सानो कार्यक्रमबाट थालनी गरिएको उनले बताए ।
    ‘निजी बिद्यालयले ८५ प्रतिशत ल्याउने, सामुदायिकमा ३५ प्रतिशत आउँदा परीक्षा प्रणाली, शिक्षण सिकाई क्रियाकलाप फरक परेको हो की भन्ने भयो’ उनले भने, ‘एउटा अभ्यास गर्दा के देखिने रहेछ, त्यसपछि यो कार्यक्रम पूर्ण रुपमा लागू गर्नेछौं ।’ निजी बिद्यालय मात्र भन्ने प्रवृत्ति अन्त्य गर्न पनि यो अभ्यास फलदायी हुने उनको भनाई थियो ।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले हरेक शिक्षक आफ्नो दायित्वमा पुरा भएमा शिक्षा क्षेत्र सुधार हुने बताएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend