१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

एक हजार बढी गाई लम्पी स्किनबाट सिकिस्त, दुध सुकाउँदा किसान मारमा


जनमञ्च संवाददाता
  • ३२ जेष्ठ २०८० , बिहिबार

  • एक हजार बढी गाई लम्पी स्किनबाट सिकिस्त, दुध सुकाउँदा किसान मारमा

    बागलुङ, ३२ जेठ– एक महिनादेखि बागलुङको दशवटै पालिकामा फैलिएको संक्रामक रोग लम्पी स्किनबाट एक हजार बढी गाई सिकिस्त भएका छन् । एक महिनाको अबधिमा ३२ गाई मरिसकेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले जानकारी दिए ।
    यो रोग लाग्दा शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा १ सय ४ डिग्रीभन्दा बढी ज्वरो आउने लक्षण देखिएको हो । यो रोगको संक्रमण केही भैसी र स्थानीय जातको गाई गोरुमा समेत भएपनि दूधका लागि पालिएको जर्सी गाईमा बढी देखिएको हो । जैमिनी नगरपालिका–४ को सर्कुवामा भने एउटा स्थानीय गोरु लम्पी स्किनकै संक्रमणले मरेको स्थानीयले बताए ।
    बिशेषगरी व्यवसायिक फर्म संचालन गरेका र उन्नत जातको गाई फर्म संचालन गरिएको स्थानमा यो संक्रमण बढी देखिएको हो । पहिलो पटक बुटवलबाट गाई ल्याउने क्रममा बडिगाड गाउँपालिकामा यो संक्रमण देखिएपछि क्रमशः अन्यत्र फैलिएको केन्द्रले अनुमान गरेको छ ।
    काठेखोला गाउँपालिका बाहेकका सबै स्थानीय तहमा संक्रमण फैलिएकोमा छिटफुट रुपमा त्यहाँ पनि देखिन थालेको उनले जानकारी दिए । ‘भाइरसबाट सर्ने यो रोग बिफर जस्तै हो’ सापकोटाले भने, ‘किर्ना, डाँस, भुसुना र लामखुट्टेबाट पशुहरुमा यो संक्रमण बढ्ने गरेको छ ।’ छिटफुट रुपमा पशुको ¥याल र सिगानबाट पनि सरेको उनले बताए । यो रोग लागेका पशुमा सबैभन्दा बढी दूध सुक्ने समस्या छ ।
    संक्रमण हुने बित्तिकै गाईले ८० प्रतिशत दूध सुकाउने गरेको पशु प्राविधिक केशव पौडेलले जानकारी दिए । ‘डेढ लाख रुपैयाँसम्म खर्चेर किनेको गाईले दूध सुकाउँदा किसानलाई ठूलो मार परेको छ’ उनले भने, ‘उपचारबाट निको भएपनि बाँझोपन हुने खतरा समेत छ ।’ स्थानीय जातको गाईमा समेत संक्रमण देखिएपनि उन्नत गाई छिटो बिरामी परेका छन् । १ सय ४ डिग्री ज्वरो आउने बित्तिकै अधिकांस गाई ढल्ने गरेको उनले बताए ।
    यो रोगको निश्चित औषधि नभएकोले लक्षणको आधारमा उपचार गराइएको सापकोटाले बताए । ज्वरोको लागि सिटामोल र भिटामिन खुवाउने तथा अन्य लक्षण हेरेर उपचार गर्ने काम भैरहेको हो । पशुका लागि खोप आएपनि थोरै मात्र आएकोले त्यो लगाउने संभावना कम भएको हो । बागलुङमा १ लाख १० हजार दूध उत्पादनका लागि पालिएका गाईभैसी रहेका छन् । त्यस्तै ढोरपाटन, निसी र तमानमा एक लाख हाराहारी स्थानीय गाईगोरु र भैसी पालिएको तथ्यांक छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend