१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026
ताराखोलाको नीति तथा कार्यक्रम

युवालाई पालिकामै श्रम, विलासिताका वस्तु आयात प्रतिस्थापन


जनमञ्च संवाददाता
  • ८ असार २०८० , शुक्रबार

  • युवालाई पालिकामै श्रम, विलासिताका वस्तु आयात प्रतिस्थापन

    बागलुङ, ८ असार– रोजगारको खोजीमा दिनहुँ युवा विदेशिन क्रम बढिरहेका बेला बागलुङको ताराखोला गाउँपालिकाले युवालाई गाउँघरमै रोजगारको अवसर सिर्जना गर्ने नीति लिएको छ ।
    गाउँपालिकाले युवा श्रम शक्तिलाई विकासका कार्यक्रममार्फत ‘विदेश होइन पालिकामै युवालाई श्रम’ भन्ने भावना जागृत गराई गाउँपालिकामै रोजगार उपलब्ध गराउने नीति लिएको छ । शुक्रबार गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले युवा वेरोजगारी न्युनिकरण गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको सहकार्यमा सिप तथा उद्यमशिल क्षमता विकास कार्यक्रम संचालन गरिने बताए ।
    गाउँपालिकाभित्र अति आवश्यक वस्तुबाहेक विलासिताका वस्तु आयातमा प्रतिस्थापन र निर्यात प्रर्वद्वन गर्दै अनुगमनलाई व्यवस्थित बनाईने, समाजवाद उन्मुख कृषि तथा पशुपालनमा सामूहिक उत्पादन प्रणालीको विकास गर्ने, कृषि उपजको समर्थन मुल्य निर्धारण गर्ने, कृषि आयातको प्रतिस्थापन, कृषि तथा पशुपालनलाई आधुनिक प्रविधिमा आधारित बनाउँदै व्यवसायीकरण तथा कृषि कबल पसल संचालन गर्ने गाउँपालिकाले नीति लिएको छ ।
    दोस्रो गाउँसभा तथा तेस्रो अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष विकले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको पालिकाले बृहत शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालयमा शैक्षिक गुणस्तरका कार्यक्रम संचालन गर्ने, कोभिडबाट पुगेको शैक्षिक क्षतिको परिपुरण तथा विपत्को समयमा सिकाई निरन्तरताका लागि कार्यक्रम संचालन गरिने जानकारी दिए ।
    पाँच शैयाको आधारभूत अस्पताल निर्माण कार्यलाई अघि बढाईने, बर्थिङ सेन्टरलाई उपकरणयुक्त बनाईने, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको जीवन बिमा कार्यक्रम संचालन गर्ने, खेलकुद विकास गर्न रंगशालासहित बहुउदेश्यीय कभर्ड हललगायत खेलकुद मैदान निर्माण तथा मर्मत सम्भार गरिने, पूर्वाधार निर्माण गर्दा मौलिकता झल्कने स्थानीय स्रोत साधनलाई प्राथमिकता दिईने, ‘हिंसा मुक्त गाउँपालिका हाम्रो पहिचान’ अभियानमार्फत हिंसाविरुद्व शुन्य सहनशिलता नीति अवलम्वन गर्ने गाउँपालिकाले नीति लिएको छ ।
    बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने कार्यको सुरुवात गरिने, ‘राम्रो टोल हाम्रो समाजको मोल’ अभियानमार्फत विकासका कार्यक्रममा टोल विकास संस्थाहरुलाई प्रभावकारी रुपमा परिचालन गरिने, शहिद मार्ग कालोपत्रेका लागि संघीय सरकारसंगको सहकार्यमा निर्माण कार्य अघि बढाउने, हटिया–हरिचौर घुस्मेली–तारा सडक खण्ड ‘ख’ कालोपत्रेका लागि प्रदेशसंग समन्वय गर्ने, दलामचौर मोटरेवल पुल निर्माण अघि बढाउने पालिकाले नीति लिएको छ ।
    जनयुद्व, जनआन्दोलनका शहिद तथा बेपत्ता परिवार, घाइते अपाङ्ग, असहायहरुको लागि उपलब्ध गराउँदै जीवन निर्वाह भत्ता उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको पालिकाले स्थानीय स्तरमा जलविद्युत उत्पादन गर्न गाउँपालिकाको स्वामित्वसहित निजी क्षेत्र, सहकारी र समुदायलाई प्रोत्साहन गर्दै आम नागरिकलाई सेयर लगानी गर्ने वातावरण तयार गर्ने, खेतीयोग्य जमिनको वर्गिकरण गरी मागको आधारमा सिंचाई कार्यक्रम संचालन गर्ने, जडिबुटी, फलफुल, भाँगो, प्राकृतिक तथा साँस्कृतिक सम्पदा समेटेर एकीकृत पर्यटन विकास गर्ने गाउँपालिकाले नीति लिएको छ ।
    अध्यक्ष विकले गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम ध्वनी मतले पारित गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend