१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

सञ्चारगृह र संचार उद्यमीसँग पारिश्रमिक निर्धाणमा पहल गर्न माग


जनमञ्च संवाददाता
  • ९ असार २०८० , शनिबार

  • सञ्चारगृह र संचार उद्यमीसँग पारिश्रमिक निर्धाणमा पहल गर्न माग

    तस्बिर : विजय राना
    बागलुङ, ९ असार– न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारको न्युनतम तलबमान तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने माग भएको छ ।
    नेपाल पत्रकार महासंघ बागलुङको संयोजनमा समितिले आयोजना गरेको श्रमजिवी पत्रकारको अबस्था, चुनौती र भावी रणनीति बिषयक अनतरक्रिया कार्यक्रममा सहभागि पत्रकारले पारिश्रमिक लागू गराउन सरकारको ध्यानाकर्षण गरेका थिए । साथै, उनीहरुले समितिलाई संचारगृह र संचार उद्यमीसँग पनि बसेर पारिश्रमिक निर्धाणमा पहल गर्न माग गरे ।
    यसअघि राखिएको केन्द्रीय संचार माध्यम भए न्युनतम २४ हजार ५ सय र स्थानीय भए १९ हजार ५ सय रुपैयाँ तलबमान राखिएकोमा त्यो समेत कार्यान्वयन नभएको टिप्पणी समेत भएको थियो । समितिले हाल ३४ हजार ५ सय न्युनतम पारिश्रमिक दिनुपर्ने प्रस्ताव गरेको छ ।
    समितिका सदस्य माधव पनेरुले न्युनतम मापन निर्धारण भएकोले सरकारको ध्यानाकर्षण भएको, सो बारे बहस शुरु भएकोले संचार संचालकमा पनि यो बिषयले प्रवेश पाएको बताए ।
    कार्यक्रममा अर्का सदस्य शान्ता अधिकारीले पत्रकारले अर्काको धेरै बिषय र समस्या उठाएको भन्दै आफ्ना समस्यामा बोल्ने साथी नपाएको बेला समिति आएको बताइन् ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पत्रकार किरण आचार्य, प्रदिप पन्त, सिर्जना पन्त, अनिस खाती लगायतले बोलेका थिए । महासंघकी उपाध्यक्ष सरिता खत्रीको अध्यक्षता, सचिव बिजय रानाको संचालन र कोषाध्यक्ष खेमराज गौतम सुवासको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend