१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

बागलुङमा ४२ वटा मानवअधिकार उल्लंघनका घटना


जनमञ्च संवाददाता
  • १६ असार २०८० , शनिबार

  • बागलुङमा ४२ वटा मानवअधिकार उल्लंघनका घटना

    बागलुङ, १६ असार– अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सन् २०२४ को मानवअधिकार वर्ष पुस्तक प्रकशनका लागि अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ । शुक्रबार भएको घटना अध्ययन तथा समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले ४२ वटा मानवअधिकार उलंघनका घटना सार्वजनिक गरेकी थिइन् ।
    तीमध्ये अधिकांस बलात्कारका घटना थिए । इन्सेकले ३० बर्षदेखि मानवअधिकार उलंघनका घटना समावेश भएको बर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ । नेपालभरका घटना समावेश गर्नु पूर्व इन्सेकले पूर्व समीक्षा गर्ने गरेको छ । अर्धवार्षिक समीक्षामा बलात्कारका घटना १२ वटा, बलात्कार प्रयासका ३ वटा, अप्राकृतिक मैथुनको १ वटा र हत्याका ३ घटना सार्वजनिक भएका छन् । त्यस्तै बहुबिबाहका ३, घरेलु हिंसाका १९ र अन्य १ घटना पनि समावेश गरिएको हो ।
    कार्यक्रममा सहभागिले मानवअधिकारको क्षेत्र फराकिलो बन्दै गएको भन्दै आम नागरिकको शिक्षा, स्वास्थ्य, खानेपानी र अन्य अधिकारका बिषय पनि समावेश गर्दै जानुपर्ने धारणा राखेका थिए । उनीहरुले नागरिकले सहज स्वास्थ्य सेवा पाउने कुरादेखि पढ्न अधिकार, बालबालिकाले राज्यका सेवा सुविधा निशर्त पाउनुपर्ने, जातीय भेदभावरहित समाज निर्माण गर्नुपर्ने बिषय समावेश गरिएको थियो ।
    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जातीय बिभेद जघन्य अपराध भित्र पर्ने भन्दै ती बिषय उजुरीको दायरामा आउनुपर्ने बताए । उक्त अबसरमा बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले मानवअधिकार रक्षाकालागि राज्यनै तयार नभएको बताए । उनले राज्यका निकायमा दिने सास्ती, अझैपनि अपांगमैत्री संरचना बन्न नसक्नु तथा जेष्ठ नागरिक मैत्री वातावरण नबन्नु जस्ता बिषयले पनि मानवअधिकार रक्षाको बिषयलाई गिज्याएको टिप्प्णी गरेका थिए ।
    कार्यक्रममा अधिवक्ता राम शर्मा, प्रहरी नायव उपरिक्षक मदन केसी, पत्रकार महासंघका सचिव बिजय राना, सहकारी संघ बागलुुङकी अध्यक्ष हुमाकुमारी जिसी, अधिकारकर्मी साबित्री खड्का, मनोसामाजिककर्ता आशा घर्तीले बोलेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend