१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

कानून व्यवसायीबिरुद्ध न्याय क्षेत्रका कर्मचारी आन्दोलित


जनमञ्च संवाददाता
  • १८ असार २०८० , सोमबार

  • कानून व्यवसायीबिरुद्ध न्याय क्षेत्रका कर्मचारी आन्दोलित

    बागलुङ, १८ असार– जिल्ला अदालत ललितपुरका कर्मचारीलाई कानून व्यवसायीले हातपात गरेको भन्दै न्याय क्षेत्रका कर्मचारी देशभर आन्दोलित भएका छन् ।
    उनीहरुले हातपात गर्ने कानून व्यवसायीलाई कारवाही माग समेत गरेका छन् । गत असार १३ गते अदालतका नायब सुब्बा प्रेमिका तामाङलाई कानून व्यवसायी अमिर लामिछानेले हातपात गरेको कर्मचारीहरुले प्रकाशित गरेको बिज्ञप्तीमा उल्लेख छ ।
    आइतबार बागलुङस्थित जिल्ला अदालत र उच्च अदालतका कर्मचारीले पनि काम रोकेर धर्ना बस्दा सेवा प्रभावित भएको छ । आइतबार बिहान १० बजेदेखि दिउँसो साँढे २ बजेसम्म कर्मचारीले अदालतको गेटमा धर्ना दिएका थिए । उक्त धर्नाका कारण अदालतको कामकारवाही ठप्प भएको हो । अदालतमा पेशी तोकिएको भएपनि कर्मचारी अभावमा कतिपय काम रोकिएको थियो । पेशी तोकिएका भएपनि हरेक काम कर्मचारीकै साथमा गर्नुपर्ने भएकोले सेवामा असर परेको हो ।
    कर्मचारीले बिज्ञप्ती प्रकाशित गरेर कानून व्यवसायीले डिउटीमा रहेका कर्मचारीलाई सांघातिक आक्रमण गरेकोले कमल बन्द गरेर धर्नामा बस्नुपरेको बताएका छन् । अधिवक्ता लामिछानेले अदालतको फाँटमा पुगेर सक्कली मिसिल माग्दा बिबाद भएको थियो । ती कर्मचारीले निवेदन दिएपछि मात्र मिसिल हेर्न दिने भनेकी थिइन् । कानून व्यवसायीले आदेशमा के भएको हो सो मौखिक जानकारी दिएपनि हुने भन्दै गर्दा भनाभन भइ हात हालाहालसम्म पुगेको बताइएको छ ।
    उक्त घटनापछि नासु तामाङले उच्च अदालत पाटनमा उजुरी दिएकी थिइन् । निवेदनपछि प्रहरीले ती कानून व्यवसायीलाई हिरासतमा राखेको छ । उनीबिरुद्द मुद्दा चलाउन तामाङले माग गरेकी छिन् । अदालतले उक्त घटनाको छानविनका लागि सिसिटिभी फुटेज झिकाउन माग गरेकोमा फुटेज भने गायब पारिएको कानून व्यवसायीले आरोप लगाएका छन् ।
    घटनाको सत्यतथ्य छानविनपछि मात्र सही निष्कर्ष निस्कने भन्दै अन्य अदालतमा काम रोक्न नहुने उच्च अदालत बार एसोसिएसनका सचिव रमेशबहादुर खड्काले बताए । घटनाबारे कानून व्यवसायीका संगठनले पनि सत्यतथ्य छानविनको माग गरेका छन् । उच्च अदालत बार एसोसिएसन ललितपुरले अधिवक्ता लामिछानेलाई हिरासतबाट मुक्त गरी घटनाको सत्यतथ्य छानविनको माग गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend