१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

अक्षेते–गलकोट जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन सुरु


जनमञ्च संवाददाता
  • २६ असार २०८० , मंगलबार

  • अक्षेते–गलकोट जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन सुरु

    प्रतिकात्मक तस्बिर

    बागलुङ, २६ असार– मध्यपहाडी लोकमार्गको अक्षेतेदेखि गलकोट जाने सडकमा सुरुङ निर्माणका लागि प्रारम्भिक चरणका अध्ययन शुरु भएको छ ।
    पहिलो चरणको अध्ययनका लागि क्वालिटी रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरले बाहिरी रुपमा अध्ययन गरिसकेको छ । गत वर्ष गण्डकी प्रदेश सरकारले नीति तथा कार्यत्रममा यो मार्गमा सुरुङको संभाव्यता अध्ययन गर्ने बताइएको थियो । सोही अनुरुप संघिय सरकारले प्रारम्भिक अध्ययनको लागि टोली खटाएको हो ।
    पहिलो चरणमा भौगोलिक नक्सा निर्माण, ड्रोनबाट देखिने नक्सा, बाहिरी डिजाइन बनाउने छ । साथै ‘एक्सल्पोरर जियोलोजिकल कन्सल्टेन्सी’ले माटोको भिडियो एक्सरे गरेर चट्टानको अवस्था के कस्तो छ भन्ने पत्ता लगाउने तयारी गरेको कन्सल्टेन्सीका प्रतिनिधि उमेशचन्द्र भुषालले बताए । ‘हामीले चट्टानको अवस्था हेरेपछि यहाँ टनेल बनाउन मिल्छ की मिल्दैन भन्ने बुझीन्छ’ उनले भने, ‘दुवै टोलीको प्रतिवेदन सरकारलाई बुझाएपछि मात्र बिस्तृत अध्ययन हुनेछ ।’ साथै राज्यले यो योजना प्राथमिकतामा राख्यो भने मात्रै सुरुङमार्गको काम अगाडि बढ्ने उनले बताए ।
    अक्षेतेदेखि गलकोट पुग्न उकालो र ओरालो, घुमाउरो सडकमार्ग प्रयोग भैरहेको छ । सुरुङ बनेमा गलकोट पुग्न छोटो सडक मार्ग बन्ने छ । लोकमार्ग नेपालको पूर्वदेखि पश्चिम जाने भएकोले जतिसक्यो छोटो चाहिन्छ । ‘राजमार्गहरु छोटो र स्तरीय बन्नुपर्छ भन्ने आम बुझाइ हो, त्यसका लागि सबैको आग्रहले यो टोली अध्ययनमा आएको हो’ गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले भने, ‘यो टोलीले गरेको अध्ययन प्रतिवेदनकै आधारमा सुरुङमार्ग बनाउने काम अगाडि बढ्ने छ ।’ लोकमार्ग राष्ट्रिय गौरवको आयोजना हो ।
    लोकमार्गको बागलुङको अक्षेतेदेखि गलकोट पुग्न झण्डै ३० किमी सडकमा सुरुङ बनाएमा झण्डै २० देखि २३ किमी सडक छोटो हुने प्राविधिकको अनुमान छ । यो काम संभव भएमा कास्कीको फेदीदेखि पर्वतको डिमुवा लगायतका स्थानमा पनि संभाव्यता अध्ययन गर्न सकिनेछ । नेपालमा पछिल्लो समय सुरुङमार्गको अध्ययन बढ्न थालेको छ । दुइ बर्षदेखि धादिङको नौबिसेदेखि काठमाण्डौं जाने सुरुङमार्ग बनिरहेको छ । यो मार्गले गति लिएपछि अन्य संभाव्य स्थानमा अध्ययन गर्न जनप्रतिनिधिहरुले पनि चासो बढाएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend